पुष्पलालको सम्झना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औं स्मृति दिवस हिजो विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले प्रतिष्ठानको कार्यालय कीर्तिपुर चम्पादेवीमा आयोजना गरेको कार्यक्रममा पुगेर नेकपाका शीर्ष नेताहरूले पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उनलाई सम्झिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, परराष्टमन्त्री प्रदीप ज्ञवाली, नेताहरू अमृत बोहोरा, योगेश भट्टराई, अग्नि सापकोटालगायतले पुष्पगुच्छासहित माल्यार्पण गरेका थिए ।
पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठसहित भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिस्ट र कांग्रेस मिल्नुपर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रूपमा स्मरण गरिन्छ । पुष्पलालले गठन गर्नुभएको पार्टी नेकपा विगतमा अनेक चिरामा विभक्त भए पनि पुनः एकीकरण भएर नेकपा बनेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply