परिसंघका अध्यक्ष नै गलत काममा
काठमाडौं । मकवानपुर जिल्लामा शिवम् सिमेन्ट सञ्चालन गरेर स्थानीय जनतालाई उठिबास लगाउने र प्राकृतिक दोहन गर्ने लक्की ग्रुपका अध्यक्ष सतिश मोरजस्ता विवादास्पद व्यक्ति नेपाल उद्योग परिसंघजस्तो प्रतिष्ठित संस्थाको अध्यक्ष भएका छन् ।
गुणस्तरहीन सिमेन्ट उत्पादन गरी जनता ठग्ने त कहिले अनधिकृत रूपमा खानी उत्खनन गरी प्रकृतिक स्रोतसाधनकै चरम दुरुपयोग गरी राज्यलाई नै चुनौती दिने विवादास्पद व्यक्ति एकाएक नेपाल उद्योग परिसंघको अध्यक्ष हुनुले सर्वत्र चासो प्रकट गरिएको छ ।
जमिनमाफियाका रूपमा समेत परिचित मोर अध्यक्ष भएसँगै परिसंघमा असन्तुष्टि छाएको बताइएको छ । मोरको कार्यशैलीप्रति अधिकांश पदाधिकारी रुष्ट भएका छन् । सेयर तथा धितो बजारमा समेत करोडौं आर्थिक चलखेल गरी नागरिकको पैसा कुम्ल्याउन सफल मोर अन्य उद्योगका बिजुली चोरी आफू धनी बन्ने व्यापारी भनेर समेत उद्योगीबीच परिचित छन् ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६औं वार्षिक साधारण सभाबाट अध्यक्षमा चयन भएका हुन् । त्रिपुरेश्वरमा कार्यालय राखिएको लक्की ग्रुपका अध्यक्षसमेत रहेका मोरका एकपछि अर्को ठगी धन्दा नेपालमा मौलाउँदै गएको बताइएको छ ।
अहिले परिसंघको अध्यक्ष भएपछि त उनले आफ्नो लोगो प्रयोग गरेर समेत मान्छेहरूलाई थर्काउने गरेको बताइएको छ । शिवम सिमेन्टेले लोडसेडिङ गराएर प्रयोग गरेको करोडौं रकमसमेत अझै बुझाएको छैन । अतिरिक्त शुल्क तिर्ने सर्तमा विभिन्न उद्योगहरूमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट वितरण गरिएको विद्युत् महसुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सूचीमा मोरको नाम सूचीमा छ ।
उनको स्वामित्व रहेको शिवम् सिमेन्टले ३० करोडभन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर आएको हो । सर्वसाधारणलाई ५ सय रुपैयाँ नबुझाउँदा पनि कारबाही गर्ने सरकारले व्यापारीले अर्बौं रकम नबुझाउँदा पनि कारबाही गर्न सकेको छैन । विद्युत् चोरी, सेयरका नाममा जनता ठगी, अवैध खानी संचालनजस्ता कार्यमा सरिक मोरलाई विभिन्न निकायले सेटिङमा ती धन्दाहरूमा छुट दिएको बताइएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोर आगामी दुई वर्षका लागि अध्यक्ष भएका हुन् । मोरले यअसघि परिसंघमा राष्ट्रिय परिषद्को सदस्य, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षका रूपमा एक–एक कार्यकाल पूरा गरिसकेका छन् । उनी नेपाल समुद्रपार निकासी तथा पैठारी संघका पूर्वअध्यक्षसमेत हुन् । त्यतिबेलै देखि उनी ठूल्ठूला तस्करीमा जोडिएका पात्र भएको बताइएको छ ।
त्यसो त भीमफेदी शिवम सिमेन्टको ज्याजती अचाक्ली भएपछि केही दिनअघि भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगाखानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी थिइन् । हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भीमफेदीमा ढुंगा खानी धेरै रहेको र उत्खनन गर्दा गाउँपालिकाको अधिकांश बस्तीको उठीबास लाग्ने भन्दै खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी थिइन् । पालिका अध्यक्ष हिदम लामालगायतको सेटिङमा बस्तीलाई असर पर्नेगरी खानी चलाइएको र त्यहाँबाट केही व्यक्तिले नियमित रूपमा मोटो रकम लिइरहेकोप्रति समेत उनको संकेत थियो । भीमफेदीमा शालिमार सिमेन्ट, हेटौंडा सिमेन्ट, नयाँ सिमेन्ट उद्योग ऋद्धिसिद्धि र शिवम् सिमेन्टका ढुंगा खानी सञ्चालित छ । यसले भविष्यामा ठूलो क्षति निम्त्याउने सम्भावना छ । भीमफेदी र मकवानपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने ओखे्रखानीबाट हेटौंडा सिमेन्टले पहिलेदेखि नै सिमेन्ट ढुंगा उत्खनन गरिरहेको छ । भीमफेदीमा शालिमार, ऋद्धिसिद्धि र शिवम्ले नयाँ चुनढुंगा उत्खननका लागि कदम अगाडि बढाएको छ । शालिमारले भीमफेदी–२ भैंसे, ऋद्धिसिद्धिले भीमफेदी–३ इचुङ र दमार तथा शिवम्ले भीमफेदी–५ दमार क्षेत्रमा नयाँ चुनढुंगा उत्खननको लागि अगाडि बढिरहेको बताइएको छ ।
अहिले सतिश मोरविरुद्ध मकवानपुरका जनता एकजुट भएका छन् । उनले केही जनप्रतिनिधिसँगको सेटिङमा गलत काम गरिरहेकाहरूविरुद्ध उनीहरूले अभियान छेड्ने बताएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply