‘साइड इफेक्ट’ अध्ययनपछि प्रधानमन्त्री स्वदेश फर्किने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा जारी उपचार प्रक्रिया बुधबार (आज) सकिने भएको छ । बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । यससँगै प्लाजा फेरेसिस प्रक्रियाबाट मिर्गाैलाको आयु बढाउने उपचार प्रक्रिया सम्पन्न हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थबारे जानकारी लिन महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर पुगेका छन् ।
गत ५ भदौमा सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको ६ गतेबाट प्रत्येक एक दिनको फरकमा फेरेसिस गरिएको बताइएको छ । यसबाट मिगौलाको एन्टीबडी हटनेछन् । अहिलेसम्मको उपचारबाट स्वास्थ्य अवस्था सामान्य रहेकाले अन्यथा रिपोर्ट नआए प्रधानमन्त्री ओली २० भदौमै स्वदेश फर्किने बताइएको छ । तर, उपचार प्रक्रियाको साइड इफेक्ट अध्ययन र स्वास्थ्य परीक्षणको सबै रिपोर्ट हेरेर चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिनेछन् । त्यस आधारमा मात्र प्रधानमन्त्री ओली स्वदेश फर्किने मिति निश्चित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाटै छैटौं चरणको उपचार सम्पन्न भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply