पाँचपटकसम्म स्थगितै–स्थगित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक पटक–पटक तय हुन्छ, फेरि स्थगित । करिब एक महिनादेखि प्राधिकरणको बोर्डको बैठक पाँचपटक बोलाइयो र पाँचैपटक स्थगित गरियो ।
लाखौं ग्राहकहरूको सरोकारसँग जोडिएको प्राधिकरणको सञ्चालक समितिको बैठक महिना दिनयता बस्न नसक्दा धेरै कामहरूमा अवरोध सिर्जना हुन थालेका छन् । पछिल्लो समय गएको साउन २३ गते बोर्डको बैठक बसेको थियो । भदौ १ गते प्राधिकरणको वार्षिकोत्सव मनाउने क्रममा त्यसको अघिल्लो दिन बोर्डको बैठक बस्ने टुंगो लागेको थियो । तर, त्यो दिन बैठक बस्न सकेन । त्यसयता पटक–पटक गरी पाँच पटकसम्म बोर्डको बैठक आह्वान भए पनि स्थगित हुँदै आएका छन् । बोर्डको बैठक मन्त्रीको अध्यक्षतामा बस्दै आएको छ ।
प्राधिकरणको बोर्डको बैठक हरेक हप्ताजस्तै बस्दै आएको थियो । प्रायजसो एजेन्डाहरू भइरहने भएको हुँदा बैठक हप्तैपिच्छे बस्ने गरेको थियो । गएको जेठदेखि साउनसम्म हरेक हप्ता नै बसेको थियो । तर, पछिल्लो समय भने बैठक आह्वान हुने र स्थगित हुँदा धेरै काम चौपट हुन थालेका छन् । प्राधिकरणको व्यवस्थापनले पनि बैठक राखेर टुंग्याउनुपर्ने कामहरूमा त्यति चासो नदिइरहेको बताइन्छ ।
प्राधिकरणको बोर्डको बैठक बस्न नसक्दा केही आयोजनाका कामले गति लिन सकेको छैन । बोर्डको बैठक बस्न नसक्दा माथिल्लो तामाकोसी आयोजनाको काम पनि प्रभावित बन्न पुगेको छ । प्राधिकरणको ४१ प्रतिशत सेयर रहेको सो आयोजनाले केही रकम माग गरेको थियो । तर सो आयोजनाले रकम माग गरेर पत्र पठाए पनि बोर्डको बैठक बस्न नसक्दा त्यसको सुनुवाइ हुन सकेको छैन । त्रिशूली ३ ‘ए’ आयोजनामा पनि समस्या देखिएका छन् । सो आयोजनासित सम्बन्धित केही महत्वपूर्ण निर्णयहरू तत्काल गर्नुपर्ने भए पनि बोर्डको बैठक नबस्दा कामहरू प्रभावित बन्न पुगेका छन् ।
कतिपय आयोजनाहरूका म्याद थपदेखि अरू कामहरू पनि स्थगित हुन पुगेका छन् । त्यस्तै, प्राधिकरणको व्यवस्थापन र टे«ड युनियनहरूबीच भएको सम्झौता कार्यान्वयनमा पनि समस्या उब्जिएका छन् । सम्झौता भएअनुरूप कार्यान्वयनहरू गर्न विभिन्न कमिटी गठन गर्नुपर्नेमा बोर्डको बैठक बस्न नसक्दा त्यो पनि त्यत्तिकै अल्झिरहेको छ । कतिपय ग्राहकहरूले पनि मर्का बेहोर्नुपरिरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन विश्व ऊर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेटस (युएई) गएका हुँदा प्राधिकरणको बोर्ड बैठक तत्काल बस्ने सम्भावना देखिएको छैन । २४औं विश्व ऊर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन केही दिनअघि युएई गएका हुन् । तर, मन्त्री पुन स्वदेश फर्किए पनि तत्काल प्राधिकरणको बोर्ड बैठक बस्नेमा आशंका रहेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply