वातावरण बिग्रिएपछि निलम पनि अलग
काठमाडौं । करिब डेढ महिनाअघि बिरामी भएको बहाना बनाउँदै सदस्य–सचिवले छाडेपछि लथालिंग बन्न पुगेको भिजिट नेपाल–२०२० को सचिवालयबाट केही दिनअघि अर्का कर्मचारीले पनि छाडेका छन् । काम गर्ने वातावरण नभएको भन्दै उपसचिव निलमकुमार न्यौपानेले आफ्नो जिम्मेवारीबाट बिदा लिएका छन् ।
भिजिट नेपाल–२०२० लाई सफल तुल्याउन सरकारले बेग्लै सचिवालय स्थापना गरेर काम गर्दै आएको थियो । तर, करिब दुई महिनाअघि भने सदस्य–सचिव नलिनी थापाले सो जिम्मेवारी छाडिन् । उनले आफू बिरामी भएको हुँदा काम गर्न नसक्दै भन्दै छाडेकी थिइन् । उनी साबिकको जिम्मेवारी नेपाल पर्यटन बोर्डको वरिष्ठ निर्देशकमै फर्किएकी छन् । सदस्य–सचिवले छाडेपछि लथालिंग बन्न पुगेको भिजिट नेपाल–२०२० मा प्रशासनिक काम हेर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव न्यौपानेलाई पठाइएको थियो । सचिवालयको कामलाई चुस्त र प्रभावकारी बनाउने हिसाबले न्यौपानेलाई पठाइएको थियो । सो जिम्मेवारीमा त्यसअघि मन्त्रालयका अर्का उपसचिव दीपक थापालाई पठाए पनि उनी काम गर्ने वातावरण नभएको भन्दै मन्त्रालयमै फर्किएका थिए ।
उपसचिव थापाले छाडेयता भिजिट नेपाल–२०२० नजिकिँदै गइरहेकोमा मन्त्रालयको प्रतिनिधि नहुँदा अप्ठेरो पर्ने भएपछि न्यौपानेलाई पठाइएको थियो । तर, न्यौपाने पनि केही दिनअघि मात्र सचिवालयमा काम गर्ने वातावरण नभएको भन्दै पुनः मन्त्रालयमै फर्किएका छन् । यसैबीच, सदस्य–सचिवमा कसलाई पठाउने भन्ने विषयमा मन्त्रालयमा छलफल चलिरहेको बुझिएको छ । नयाँ सदस्य–सचिवमा पर्यटन बोर्डकै निर्देशक तहकालाई नियुक्त गर्ने वा बाहिरका व्यक्तिलाई नियुक्त गर्ने भन्नेमा कुनै टुंगो लागिसकेको छैन । सदस्य–सचिवमा नियुक्तिका लागि कार्यविधिले व्यवधान पु¥याएको हुँदा ढिलाइ हुन पुगेको थियो । भिजिट नेपाल–२०२० को कार्यविधिमा सदस्य–सचिवमा पर्यटन बोर्डको वरिष्ठ निर्देशक नियुक्त हुने उल्लेख थियो । तर, वरिष्ठ निर्देशक थापा हठात् रूपमा जिम्मेवारीबाट पन्छिएपछि सचिवालयको काम प्रभावित बन्न पुगेको थियो ।
भिजिट नेपाल–२०२० को सचिवालयको कामप्रति मन्त्री योगेश भट्टराई पनि असन्तुष्ट देखिएका छन् । केही दिनअघि मन्त्री भट्टराईले सो कुरा सार्वजनिक रूपमै व्यक्त गरेका थिए । मन्त्री भट्टराई भिजिट नेपाल–२०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको कार्यशैलीप्रति सन्तुष्ट नभए पनि उनलाई हटाउन सक्ने अवस्था भने तत्काललाई नरहेको बताइन्छ । वैद्य प्रधानमन्त्री कार्यालयकै रुचिअनुरूप नियुक्त भएका हुँदा उनलाई हटाउने सम्भावना नरहेको र भिजिट नेपाल–२०२० कै मुखमा राष्ट्रिय संयोजकलाई हटाउँदा त्यसले गलत सन्देश दिने भएको हुँदा वैद्यलाई हटाउने अवस्था नरहेको बुझिएको छ ।
मन्त्री भट्टराईले नियुक्त गरेका दुईजना विज्ञले मन्त्री र सचिवालयबीच समन्वय गर्ने काम गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply