अपांग कोषमा मच्चियो भाँडभैलो
काठमाडौं । राष्ट्रिय अपांग कोषका सभापति र सचिवबीचको लफडा चरमोत्कर्षमा पुगेको छ । समाजकल्याण परिषद्मातहत रहेको कोषका सभापति गोपाल भण्डारी र सचिव यमनाथ मैनालीबीच विगतदेखि नै चर्किंदै आएको द्वन्द्व चुलिँदै गएपछि सचिव मैनाली उजुरीको तहसम्मै पुगेका छन् ।
नियुक्ति भएदेखि नै सभापति भण्डारीले कोषलाई आफ्नो इच्छाअनुरूप चलाउँदै आएका थिए । आफूखुसी कोषको रकम खर्च गर्ने, आफन्तहरूलाई जागिर लगाउनेदेखि विभिन्न ठाउँमा कार्यक्रम राखेर आकर्षक भत्ता बुझ्ने काम सभापति भण्डारीबाट हुँदै आएको थियो । तर, सचिवमा मैनाली नियुक्त भएपछि भने भण्डारीको मनपरीविरुद्ध लगाम लगाउन खोज्दै आएका थिए ।
पछिल्लो समय भने सभापति भण्डारीले सचिव मैनालीको अधिकारसमेत कटौती गरेका थिए । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाकहाँ पुगेर सचिवविरुद्ध कुराकानी लगाउनेदेखि आफ्नो शक्ति प्रदर्शन गर्नसमेत उनी अग्रसर देखिँदै आएका थिए । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतमको घरघरमा पुगेर चाकडी बजाउन माहिर भण्डारीले नेताहरूको आशीर्वाद पाएर मनपरी गर्दै आएका थिए ।
सचिव मैनालीले भने आफूले पाउँदै आएको अधिकार सभापतिले खोसेपछि परिषद्समक्ष उजुरी दिएका छन् । आफ्नो अधिकार सभापतिले खोसेको भन्दै केही दिनअघि मैनालीले परिषद्मा निवेदन दिएका हुन् । केही दिनअघि नै परिषद्लाई सहज रूपमा सञ्चालन गर्न एउटा कार्यसमितिसमेत गठन भएको छ । परिषद्का पाँचजनाको कार्यसमिति गठन गरेर कामलाई सहज बनाउन लागिएको हो । कार्यसमितिमा मन्त्रालयका सहसचिव राजन पौडेललाई सचिवको जिम्मेवारी दिइएको छ भने गृह, अर्थ, योजना आयोगका सदस्यका साथै परिषद् सदस्य सिद्धिनारायण महर्जनलाई समितिमा राखिएको छ ।
अनियमितताको आरोपमा एकैपटक दुई पदाधिकारी र दुईजना परिषद् सदस्यलाई सरकारले निलम्बन गरेपछि गएको माघदेखि परिषद् रिक्तजस्तै रहँदै आएको थियो । तत्कालीन समयमा उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यद्वय गोकर्ण भट्ट र इन्द्र झा निलम्बनमा परेका थिए । पदाधिकारी र बोर्ड सदस्यहरू निलम्बन परेपछि परिषद्का कामकारबाहीहरू सुस्त बन्दै आएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply