धितोपत्र बोर्ड अस्वस्थ दौडधुप सुरु
अध्यक्षमा कसले मार्ला बाजी ?
काठमाडौं । पुँजी बजारलाई नियमन गर्ने सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष खाली भएको लामो समय भयो । सेयर बजार निरन्तर तल झरिरहेको र यसको चौतर्फी विकास गरी भरपर्दो र बलियो बजार विकास गर्न आवश्यक भएको बेला बोर्ड भने नेतृत्व विहिन भैरहँदा झनै समस्या पर्दै आएको छ ।
यसअघि काँग्रेसको सरकार र अर्थमन्त्री डा. रामशरण महत रहेको बेला बोर्डका अध्यक्षमा रेवतबहादुर कार्कीको नियुक्ति गरिएको थियो । उनी आफ्नो अवधी पुरा गरी विदा भएपछि अहिलेसम्म बोर्ड अध्यक्षविहिन छ । सो पदमा पुग्नका लागि धेरैले आँखा लगाइरहेका थिए । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल गत असोज मसान्तमा सकिएको छ । उनी असोज दोस्रो सातादेखि नै बिदा बसेका थिए ।
सरकारका प्रशावशाली मन्त्रीहरुसंग संगत भएका आधारमा भन्दा पनि सक्षम, क्षमतावान र पुँजी बजार राम्रोसँग बुझेको नेतृत्व छनोट गर्नुपर्ने अहिलेको आवश्यकता हो । यस्तो बेला सरकारले कस्तो व्यक्ति बोर्डमा पठाउला भन्ने आम लगानीकर्ताको जिज्ञासा रहेको छ । कतिपयले बोर्ड अध्यक्ष नियुक्तिमा ठूलै रकमको चलखेल हुने र त्यसमा केही व्यक्ति र समूह लागिसकेको बताएका छन् ।
नेकपाको बहुमत सरकार रहेकाले नेकपा निकट तर राम्ररी अर्थतन्त्र र शेयरबजार पुजेको व्यक्तिलाई सो स्थानमा नेतृत्वमा ल्याउनुपर्ने आवाज उठेको छ । बोर्डको नयाँ नेतृत्व हात पार्नका लागि केही व्यक्तिहरुको धौडधुप बढेको छ । बोर्डको अध्यक्ष बन्न र बनाउन दौडधुप सुरु भएको छ । बोर्ड अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन् । सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट फुयाँलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका हुन । समितिमा सदस्यहरुमा राजश्व सचिव शिशिर ढुङ्गाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन । जसमा ८ जनाले आवेदन दिएका छन् । समितिले ८ मध्येबाट सर्टलिस्ट गरेर ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयमा सिफारिस गर्ने योजना बनाएको छ । समितिले सर्टलिस्ट गर्नुअघि नै सिफारिसमा पर्नका लागि आकांक्षीहरुले नेताहरुको दैलो चर्हान थालेको थाहा भएको छ ।
आवेदन दिएकाहरु मध्ये धेरैजसो अवसर छोप्नका लागि नेकपा बनेकाहरु छन् । पहिलो नम्बरमा रहेका नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्म ढुंगानाको चर्चा छ । उनी शक्तिकेन्द्रबाट पावर लगाउन माहिर तथा बोर्डकै सञ्चालक समिति सदस्यसमेत हुन् । सरकारले अध्यक्ष बनाउने योजना अनुरूप ढुंगानालाई सदस्य नियुक्त गरिएको चर्चा पनि मन्त्रालयभित्रै छ ।
अध्यक्षका लागि बोर्डकै वर्तमान कार्यकारी निर्देशक निरज गिरी तथा उपकार्यकारी निर्देशक नवराज अधिकारीसमेतको आवेदन परेको छ । यसबाहेक नेपाल स्टक एक्स्चेन्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक नीलसार मगर र ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसमेतले अध्यक्षका लागि आवेदन दिएका छन् । बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारीले पनि आफूलाई प्रवल दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन् । अधिकारीले पनि पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएको बताइएको छ । अनुभवका आधारमा गिरी, अधिकारी, बोर्डका पूर्वसदस्य र नेप्सेका पूर्वमहाप्रबन्धक थपलियासमेत बलिया दाबेदार हुन् । सिmफारिश समितिले राष्ट्रिय सुचना आयोगमा जस्तै रातारात सर्टलिस्ट टुङ्रग्याउने बताएको छ । तर अहिलेसम्म भने छनोट समितिको बैठक कहिले बस्ने भनेर छलफल नै भएको छैन । संयोजकले बैठक बोलाएपछि ३ जनाको नाम अर्थ मन्त्रालय पठाउने समितिको तयारी रहेको बुझिएको छ ।
समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्त दिने बताइन्छ ।
यसअघि भने बोर्डको नयाँ अध्यक्षका लागि टंक पनेरू, भीष्मराज बोर्डकै कार्यकारी निर्देशक परिष्ठनाथ पौड्याल लगायतको नाम चर्चामा ल्याइएको थियो । तर उनीहरुले आवेदन नै दिएनन् । यता, नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारीले पनि उता रहर नगरेका होइनन् । तर अधिकारीलाई राष्ट्र बैंकबाट अवकासस हुनासाथ नेपाल बैंकको अध्यक्ष बनाइसकेकाले उनको समेत संभावना टरेको हो । राष्ट्र बैंकमा समेत काम गरेका अनि अर्थमन्त्री युवराज खतिवडाको नजिक सम्बन्ध रहेका कारण उनलाई पनि कम आँक्न सक्ने अवस्था छैन । अहिले चर्चामा रहेकाहरुमध्ये कसैले राष्ट्रपति त कोहीले प्रधानमन्त्रीको भिटो प्रयोग गर्ने सम्भावना छ । अर्थमन्त्रीको पनि आफ्नै चाहना छ । यिनीहरुबीच भीडन्त हुने र सहमति बन्न नसक्ने अवस्था आएमा अन्य नयाँ व्यक्ति अध्यक्ष हुने सम्भावना पनि उत्तिकै देखिन्छ । राष्ट्र बैंकमा लामो समय विदेशी विनिमय विभागमा काम गरेका भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले यसअघि नै धितोपत्र बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त गरिसकेको छ । यसआधारमा कतिपयले उनलाई नै अध्यक्ष बनाउने कसरत भइरहेको भन्ने अर्थसमेत लगाएका छन् ।
धितोपत्र बोर्डका अध्यक्ष सरकारले नियुक्ति गर्ने व्यवस्था रहेको छ । जसका लागि सरकारले राष्ट्रिय योजना आयोगको पुँजी बजार तथा वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञ सहितको समिति गठन हुन्छ । उक्त समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा ३ जनाको नाम सिफारिस गरिन्छ । उक्त ३ जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ । बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ ।
नयाँ अध्यक्षलाई चुनौती
बोर्डका निवर्तमान अध्यक्ष कार्कीको कार्यकालमा पुँजी बजार सुधार र विस्तारका लागि अघि सारिएका तर पूरा हुन नसकेका योजनाहरुलाई पूर्णता दिने जिम्मेवारी अबको अध्यक्षलाई हुनेछ । विगत लामो समयदेखि चर्चामा रहेको पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउने कार्यलाई पूर्णता दिने काम नयाँ अध्यक्षले गर्नुपर्नेछ । त्यस्तै, नयाँ स्टक एक्सचेन्ज सञ्चालनको कुरा लामो समयदेखि चर्चामा छ । तर निर्णय हुन सकेको छैन । यसमा पनि नयाँले काम गर्नुपर्ने देखिन्छ । नयाँ एक्सचेन्जलाई लाइसेन्स दिने वा नदिने भनेर बजार हल्ला चलाउनु भन्दा बस्तुगत अवस्थालाई विश्लेषण गरेर ठोस निर्णयमा पुग्नु उपयुक्त हुन्छ । कमोडिटी एक्चेन्जका कम्पनीलाई लाइसेन्स दिने, ब्रोकर कमिसन घटाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका महत्वपूर्ण काम नयाँ अध्यक्ष सामू रहेको छ । यस्तै, पुँजी बजारको दिगो र फराकिलो विकासका लागि नयाँ ब्रोकर लाइसेन्स, उपत्यकाबाहिर लगानीकर्ता र ब्रोकरको पहुँच विस्तार यी सबै पुराना तर गर्नैपर्ने महत्वपूर्ण काम मानिएको छ । यि काम गर्न सकेनन् भने नयाँ अध्यक्ष पनि उही गाडी भढ्ने र तलव खानेम मात्र सिमित रहनेछन् । त्यतीमात्र होइन यसबाहेक पुँजी बजार भरपर्दो र विश्वसनीय बनाउने, इन्साइडर कारोबार नियन्त्रण गर्न नियमन प्रभावकारी बनाउने जिम्मा पनि हुनेछ । यसबाहेक सुधारका नियमित कामलाई निरन्तरता दिनुपर्नेछ । समग्रमा अर्थमन्त्रालय, नेप्से, ब्रोकर र आम लगानीकर्तासँग समन्वय र नियमन गर्न सक्ने क्षमतावान अध्यक्ष अहिलेको आवश्यकता हो ।।
ढुँ्गाना शक्तिशाली
ढुंगाना राष्ट्रपति भण्डारीनिकट मानिन्छन् । राष्ट्रपति भण्डारीकै सिफारिसमा उनी केही महिना अघि बोर्डको विज्ञ सदस्य नियुक्त भएका हुन् । प्रधानमन्त्री केपी ओलीनिकट मानिने अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्डको आगामी अध्यक्ष बनाउने गरी ढुंगानालाई विज्ञ सदस्यमा नियुक्त गरेको स्रोतको भनाइ छ । बोर्डको विज्ञ सदस्य गत चैतदेखि खाली थियो । निलबहदुर सारु मगर अवकाश भएको ६ महिनापछि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढुंगाना नियुक्ति गरिएको थियो । मगर पनि बोर्डको अध्यक्षका दौडधुपमा लागेको बुझिएको छ । यसअघि ढुंगाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए । त्यसैले पनि अर्थमन्त्री खतिवडालाई ढुंगानालाई विज्ञ सदस्यमा नियुक्त गर्न सहज भएको थियो । ढुंगानाले लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका थिए । उनी एक वर्षअघि राष्ट्र बैंकबाट अवकाश भएका थिए । सत्तापक्ष दलभित्र आ आफ्नो गुट नजिकका व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ भन्नेहरुबीच तिब्र लविङ शुरु भएको छ । बोर्डको अध्यक्ष बन्नका लागि नेताको आर्शीवाद थाप्न दौड्नेको संख्या दिन प्रतिदिन बढनै गएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले तीन सदस्यीय समिति मार्फत काम गरिरहेको छ तर यसका लागि अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ डा. रामशरण खरेलले सबै चाँजोपाँजो मिलाउँदै गरेको सुत्रको भनाई छ । उनी केही समय अघि अर्थमन्त्रीको सल्लाहकार हुँदा नै धितोपत्र बोर्डमा नियुक्ति गरिने अध्यक्षका लागि सेटिड. मिलाएर राष्ट्र बैंक फर्किएको सुत्रको दावी छ । लेनदेनको कुनै लिखत नहुने र योजनाबद्ध रुपमा नाम सिफारिस गरी नियुक्त हुने बेलामा तेस्रो पक्षमार्फत रकम बुझ्न सकिने संभावना छ । धितोपत्र बोर्ड सर्बसाधारणको खर्बौ लगानी भएको संबेदनशील ठाउँ हो, जहाँ एउटै नीतिगत भ्रष्टाचारले अध्यक्षलाई करोडौ रुपैयाँ आर्जन हुनसक्छ भने त्यही निर्णयले सर्बसाधारणको खर्बौ डुब्न पनि सक्छ । विगतमा भएका धितोपत्र बोर्डको अस्वस्थ खेलबाट केहीले ठूलो आर्थिक लाभ लिएको कुरा थाहा पाएका स्वार्थ समूहले धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो विस्वासिलो मान्छे पुर्याउँन करोडौं खर्च गर्न तयार रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply