हिजोबाट ‘माक्र्स फर्किए’
काठमाडौं । ‘माक्र्स फर्किए’ नामक ऐतिहासिक नाटकको हिजोबाट प्रदर्शन सुरु भएको छ । कार्ल माक्र्सको २००औं जन्म दिवस अभियानका क्रममा कार्ल माक्र्स द्विशतवार्षिकी समारोह समिति, नेपाल र नेपाल अध्ययन केन्द्र नामक दुई संस्थाहरूको आयोजकत्वमा गुरुकुल ः आरोहणले हिजो, आज र भोलि गरी तीन प्रज्ञा प्रतिष्ठान कमलादीमा सो नाटक प्रर्दशन गरिरहेको छ ।
यो ऐतिहासिक नाटक एक चिन्तक, क्रान्तिकारी र दार्शनिक माक्र्सको जीवनगाथामा आधारित भएकाले सबै तहका व्यक्तिहरूका लागि रोमाञ्चकारी तथा ज्ञानबद्र्धक रहेको कार्ल माक्र्स द्विशतवार्षिकी समारोह समितिका ठाकुर गैरेले बताए । हिजो भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराईलगायत नेताहरूले नाटक हेरेका थिए । ती दिनको अवधिमा अन्य पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू र नेपालका विभिन्न पार्टीका प्रमुख नेताहरू, विभिन्न पेसामा संलग्न व्यवसायी, सफल व्यापारी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूलगायत युवा विद्यार्थीहरूसमेत सो नाटक हेर्र्न उपस्थिति हुने जनाइएको छ ।
नाटकमा सुनिल पोखरेलले कार्ल माक्र्सको र निशा शर्माले जेनी माक्र्सको भूमिका निर्वाह गर्ने जनाइएको छ । नाटकमा हालको उत्कर्ष विश्व पुँजीवाद र दुनियाँका माक्र्सवादी देखेर ? माक्र्सले के भन्लान ? उनको १ सय ४० वर्षअघिको कठिनपूर्ण जीवन, उनका परिवारजन र उनको संघर्षबारे के बताउलान् ? यस्ता जिज्ञासा शान्त गर्न एक अमेरिकी इतिहासकार तथा वामचिन्तक हवार्ड जिनद्वारा लिखित नाटक ‘माक्र्स इन सोहो’को नेपाली संस्करण नेपालमा प्रदर्शन हुन लागेको हो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply