परामर्शका नाममा अगुवाकै ठगी
काठमाडौं । शैक्षिक परामर्शदाताका रूपमा कन्सल्टेन्सी व्यवसाय चलाउनेहरूले ठगीधन्दा जारी राखेका छन् । उनीहरूले कन्सल्टेन्सीको बोर्डमा मानवतस्करीसमेत गर्दै आएका छन् । एजुकेसन कन्सल्टेन्सीहरूले अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, नेदरल्यान्ड, डेनमार्क जान चाहने विद्यार्थीलाई आवश्यक परामर्श दिने काम गर्दै आए पनि त्यो नाममा मानवतस्करी समेत हुने गरेको हो ।
शैक्षिक परामर्श व्यवसायीहरूले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूबाट लाखौं रुपैयाँ असुले पनि त्यसबापत कर नतिरेको खुलेको छ । अधिकांश कन्सल्टेन्सीहरूले विदेशमा शाखा खोलेर त्यसबापतको आम्दानी अवैध हुन्डीमार्फत नेपालमा भिœयाउने गरेका छन् । विदेशमा शाखा खोलेर एजुकेसन कन्सल्टेन्सीहरूले हुन्डीको कारोबार गर्ने र करछलीसमेत गर्दै आएका छन् । अहिले कन्सल्टेन्सीहरूको छाता संस्था थुप्रै छन् । इक्यान, फेकनजस्ता परामर्श व्यवसायीहरूको छाता संस्थाका प्रतिनिधिहरू नै यस्तो ठगीधन्दामा लाग्ने गरेका छन् ।
मुद्रा अपचलन गरी करछली गर्दै आएका त्यस्ता कन्सल्टेन्सीहरूले नेपाली विद्यार्थीलाई अस्ट्रेलिया पठाएबापतको कमिसन पनि उतै लिने र नेपाल भिœयाउँदा गैरकानुनी च्यानल अर्थात् हुन्डीमार्पmत कारोबार गर्दै आइरहेका छन् । मन्त्रालयका कर्मचारीहरू त्यही ठग कन्सल्टेन्सीको खर्चमा विदेशमा भ्रमणसमेत जाने गरेको पाइन्छ । विदेशमा शाखा खोलेर करछली गर्ने एजुकेसन कन्सल्टेन्सीहरूमा द्विराज शर्मा शिवाकोटीको अल्फाबिटा पहिलो नम्बरमा छ । उसले अस्टे«लिया सिड्नी शाखा खोलेको छ ।
महेशबाबु तिमिल्सिनाको कंगारु एजुकेसन, राजेन्द्र रिजालको काठमाडौं इन्फोसेस, रमण कोइराला र नारायण कोइरालाको नोभा एजुकेसन एन्ड माइग्रेसन सर्भिस, सविता श्रेष्ठको नेपकम सर्भिस र नारायण बजाजको ग्लोबल रिचले अस्टे«लियामा शाखा खोलेका छन् ।
भूपाल सिटौलाको एबिसी एजुकेसन एन्ड माइग्रेसन, विराज पाण्डेको एजुकेसन पार्क, नयन लामिछानेको इप्लानेट एजुकेसन, बुद्धिसागर अर्यालको बुम¥याङ इन्टरनेसनल एजुकेसन सर्भिस र भूपेन्द्र सिटौलाको आइडिपी नेपालको नाम उल्लेख छ ।
त्यस्तै ग्रेस इन्टरनेसनल अल एजुकेसन कन्सल्टेन्सीले मेलबर्नमा शाखा खोेलेको छ । एइसिसी ग्लोबल, एक्सपर्ट एजुकेसन भिसा सर्भिस, मेट्स एजुकेसन, ओली एन्ड एसोसिएसट्स, अप्सन्स एजुकेसनल कन्सल्टेन्सी, द नेस्ट, मोटिफ एजुकेसन अबरोर्ड, अस स्टडिजले मेलबर्न र ब्रिबबनमा शाखा खोलेको उल्लेख छ । यी सबैको मुख्य काम नेपालको राजस्व छल्ने, मानव तस्करी गर्ने भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply