सीमा नाघ्यो बीएन्डसीको लापरबाहीले
काठमाडौं । बिरामीहरू अस्पताल किन जान्छन् ? पक्कै पनि सही उपचार पाउन जान्छन् । तर, चिकित्सकले गलत उपचार गरे भने कुनै अस्पताल मृत्युको सर्टिफिकेट बाँड्ने थलो बन्न पुग्नेछ । विवादास्पद व्यक्ति दुर्गा प्रसार्इंको स्वामित्वमा रहेको झापा, बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज तथा रिसर्च सेन्टर मृत्युको सर्टिफिकेट बाँड्ने थलोका रूपमा परिणत बन्दै गएको छ ।
सो मेडिकल कलेजका चिकित्सकले गलत उपचार गर्दा झापा, चारआलीकी सुनम गौतमले आफ्नो लहलहाउँदो जीवन नै गुमाउन पुगेकी छन् । ४३ वर्षीया गौतम केही समयपूर्व सामान्य घुँडा दुखेपछि उपचारका निम्ति सो हस्पिटलमा गएकी थिइन् । दायाँ घुँडाको छेउ दुखेपछि उनी अस्पताल जाँदा जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरले जाँच गरी औषधि प्रेस्क्राइब गरे । डा. ठाकुरले प्रेस्क्राइब गरेको औषधि नै अन्ततः सुनमको मृत्युको कारक बन्न पुग्यो ।
डा. ठाकुरले प्रेस्क्राइब गरेको औषधिको सेवन गर्न थालेपछि त्यसले गलत असर देखाउन थाल्यो । पारिवारिक सूत्रका अनुसार बिरामी गौतमको अनुहार बिगिँ्रदै जान थाल्यो । डा. ठाकुरले इन्डोमेथासिन क्याप्सुल र लिवोफ्लोक्स–७५० नामक औषधि प्रेस्क्राइब गरेका थिए । औषधिले खराब असर गर्न थालेपछि गौतमलाई तीन दिनपछि फेरि सोही अस्पतालमा लगिएको थियो । त्यो समय अस्पतालमा डा. ठाकुर नभएका हुँदा उनलाई हड्डी विशेषज्ञ डा. निराजुन पराजुलीले हेरे । बिरामी गौतमले डा. पराजुलीसामु ‘मलाई दबाईले असर गरेको हो कि अनुहार डढ्दै गइरहेको छ’ भन्दा डा. पराजुलीले डा. ठाकुरले प्रेस्काइब गरेकै औषधि निरन्तर प्रयोग गर्न सिफारिस गरे । प्रयोग गरेका औषधिले अनुहार र सम्पूर्ण शरीरमा नै झनै नराम्रो असर पु¥याउन थालेपछि बिरामी गौतमलाई थप उपचारका निम्ति काठमाडौं मेडिकल कलेज ल्याइयो । काठमाडौं मेडिकल कलेजका चिकित्सकहरूले ‘गलत औषधिका कारण बिरामीलाई असर पुगेको’ बताएपछि गौतमका परिवारका सदस्यहरूले बल्ल गलत ठाउँमा उपचार गराएको थाहा पाए । काठमाडौं मेडिकल कलेजका चिकित्सकहरूले गौतमले प्रयोग गरेका औषधिको रियाक्सनलाई काट्ने एन्टिडोट औषधि चलाएको भए शरीरमा असर नपुग्ने प्रतिक्रिया दिएका थिए ।
डा. ठाकुरले प्रेस्क्राइब गरेको औषधिले गौतमको शरीरमा नकारात्मक असर परेको कुरा थाहा भएपछि काठमाडौं ल्याएपछि नयाँ औषधि प्रयोग गरियो । गलत औषधिकै कारण गौतमको मिर्गाैलामा असर पुगिसकेको कुरा काठमाडौंमा ल्याएपछि मात्र थाहा भयो । काठमाडौं मेडिकल कलेजका चिकित्सकहरूले गौतमलाई बचाउन निकै प्रयत्न गरे । तर, प्रयत्न खेर गयो । गलत औषधि सेवनकै कारण कहिले मिर्गाैला खराब हुने र कहिले मुटुको चाल गडबड हुने कारणले गर्दा बिरामी गौतमको अवस्था दिनदिनै नाजुक बन्दै गएपछि सो अस्पतालमा २५ दिन राखेपछि उनको निधन हुन पुगेको थियो । चिकित्सकको गलत उपचार र औषधि प्रेस्क्राइबकै कारण लामो समय थलिएकी गौतमको गत पुस २५ गते निधन हुन पुगेको थियो ।
मृतक गौतमका छोरा सुगम गौतमले नेपाल मेडिकल काउन्सिलमा छानबिनका लागि निवेदन दिएका छन् । उनले छानबिन गरी क्षतिपूर्ति भराउन माग गरेका छन् । बिरामी गौतमको मृत्यु भइसकेको हुँदा परिवारका सदस्यहरूले क्षतिपूर्तिका निम्ति अहिले पहल गरिरहेका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply