खरिपाटीमा ‘कोरोना’को त्रास
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित मुलुक चीनबाट फर्काइने नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरिएसँगै कर्मचारीहरूमा आतंक मच्चिएको छ । चीनबाट फर्काइने नागरिकलाई राख्न तीनचार ठाउँबारे छलफल चले पनि अन्ततः खरिपाटीमा नै राख्ने टुंगोमा सरकार पुगेको हो । सो स्थान सुरक्षित रहेको हुँदा सरकारले क्वारेन्टाइन राख्ने निधो गरेको छ ।
चीनबाट फर्काइने नागरिकलाई उच्च सतर्कताका साथ खरिपाटीमा राखिने तयारी गरेको छ । सो तालिम केन्द्रमा राख्नका निम्ति दुई भवन खाली गराइसकिएको छ । चीनबाट फर्काइने नागरिकको उडान, उपचार, सुरक्षा र खाने र बस्ने व्यवस्था भइसकेको छ र केही दिनपछि नै फर्काइने भएको छ । सो क्वारेन्टाइनमा १४ दिनसम्म राखेपछि स्वास्थ्य परीक्षण गरेपछि मात्र घर फर्काइने व्यवस्था मिलाइएको छ ।
विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा चीनबाट फर्काइने नागरिकलाई राख्ने भएपछि प्राधिकरणको वातावरण विभागको भवन खाली गराइसकिएको छ । सो विभागमा कार्यरत करिब ३५ जनाजति कर्मचारीलाई त्यहाँबाट हटाएर रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा खटाइएको छ । केन्द्रीय कार्यालयमा ल्याइएका कर्मचारीहरू भने कार्यालय कोठाको अभावका कारण कुनै काम नगरी बसिरहेका छन् ।
चीनबाट फर्काइने नागरिकलाई तालिम केन्द्रमा राख्ने भएपछि सबभन्दा त्रसित त्यहाँ कार्यरत करिब ४ सयजना कर्मचारी बन्न पुगेका छन् । खरिपाटीमा प्राधिकरणको ट्रान्समिसनका करिब ४०–४५ वटा आयोजनाका समेत कार्यालय रहेका छन् । ती आयोजना कार्यालयहरूमा करिब ४ सय कर्मचारी कार्यरत छन् । त्यस्तै, खरिपाटीमै प्राधिकरणको तालिम केन्द्र पनि रहेको छ । चीनबाट फर्काइने नागरिकलाई त्यहाँ राखिने भएपछि आयोजना, तालिम र वातावरणीयसम्बन्धी काम प्रभावित बन्न पुगेका छन् । वातावरण विभागका कर्मचारीहरूलाई हटाइए पनि खरिपाटीमा रहेका अरू कर्मचारीहरू भने मनोवैज्ञानिक त्रास खेप्न बाध्य रहेको बताइएको छ ।
हुन त सरकारले त्रसित कर्मचारीहरूलाई ‘बिरामी भएका मानिसलाई ल्याउन लागिएको होइन’ भनेर आश्वस्त पार्न खोजे पनि कर्मचारीहरूमा रहेको त्रास नहटेको बताइन्छ । चीनबाट फर्काइने नागरिकलाई पहिला नागार्जुनको जंगलमा राख्ने विषयमा कुरा अघि बढेको थियो । तर, खरिपाटीमा सुरक्षित हुने ठानेर त्यहाँ नै राख्ने निर्णय गरिएको हो । प्राधिकरणको कर्मचारी युनियनले पनि खरिपाटीमा रहेका कर्मचारीहरू त्रसित रहेकोमा सरकारको ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply