सामान्यमा आफ्नै हात जगन्नाथ
काठमाडौं । रोजेको आकर्षक ठाउँमा जाने इच्छा प्रायः सबै कर्मचारीको हुन्छ । कतिपय कर्मचारी त पहुँच नपुगेकै कारण वर्षौंदेखि दुर्गम र अनाकर्षक ठाउँमा बस्दै आएका छन् । वर्षौंदेखि घरपरिवारसँग टाढिएर बस्नुपरेको धेरै दर्दनाक पीडा छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा बसेका केहीले भने आफ्नो सरुवा पनि भनेको ठाउँमा आफैंले गरेर तर मार्ने गरेका छन् । कुन कर्मचारीको सरुवा कहाँ गर्ने भन्ने सबै तयारी सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनले गर्छ । तर, त्यही कर्मचारी प्रशासनमा बसेकाहरूले देख्नेलाई पनि लाज हुनेगरी आफ्नो सरुवा आफंैले गरेका छन् ।
अहिले सामान्य मन्त्रालयको कर्मचारी प्रशासनमा उपसचिव चन्द्र फुयाँल छन् । जागिरे जीवनको करिव आठ वर्ष यातायात विभागमा बसेर उनले अकूत सम्पत्ति आर्जन गरिसकेका छन् । तीन वर्ष त उनी कोसी यातायात कार्यालयमै बसे । उनी विगत साढे दुई वर्षदेखि सामान्य मन्त्रालयको कप्रमा छन् । कर्मचारी समायोजनपछि उनको पदास्थापन कृषि मन्त्रालयमा भएको थियो । तर, कृषि मन्त्रालयको कप्र नपाए उनी त्यहाँ हाजीर हुन गएनन्, आफ्नो हात जगन्नाथ भनेझैं उनले कप्रमा रहेका फाइदा उठाएर आफैंले आफ्नो सरुवा अर्थ मन्त्रालयमा गरेका छन् । कृषिमा घुस खान नपाउने भएपछि गत आइतबार मात्र उनले अर्थमा आफ्नो पदस्थापन गराएका हुन् । फुयाँलकै मातहतमा सामान्यको कप्रमा सुदर्शन दाहाल शाखा अधिकृत थिए । उनले पनि आफ्नो सरुवा आफै उद्योग मन्त्रालयमा हालेका छन् । सामान्यमा बस्दा पनि विभिन्न ठाउँमा कार्यकारी अधिकृतलगायत अरू कर्मचारीको उपसचिव फुयाँलले सात पुस्ता पुग्ने सम्पत्ति जोडेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply