काम रोकेर आन्दोलनमा व्यस्त
काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ ।
तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने एकाएक आन्दोलनमा उत्रिएका छन् । उनीहरू न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग उठाउँदै आन्दोलित भएका हुन् । अहिले सो अस्पतालमा स्थायी कर्मचारी ४६ जना मात्रै छन् । तर, करारमा भने २ सय ७० जनाले काम गरिरहेका छन् । त्यस्तै, ज्यालादारीमा ८१ जना र अल्पकालीन सेवा ८० जनाले दिइरहेका छन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आफ्ना मागलाई व्यवस्थापन पक्षले वास्ता नगरेको हुँदा आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् । उनीहरूले केही दिनयता अस्पतालको गेटमा धर्ना दिन थालेका छन् । धर्ना दिनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर आफ्ना मागहरूबारे अवगत गराए पनि त्यसको अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन ।
आन्दोलित कर्मचारीहरूले सरकारी कर्मचारी सरह तलब, ग्रेड तथा स्वास्थ्य बिमा सुविधाको व्यवस्था गरिनुपर्ने, अस्पतालको विनियमावलीमा रहेको विभेदकारी बढुवालाई संशोधन, करारका कर्मचारीहरूलाई एकपटकका लागि आन्तरिक स्थायीको मौका परीक्षामा सामेल गराउनु पर्नेलगाायतका माग राखेका छन् । साथै, कर्मचारीहरूको श्रमशोषण भएको, विनियमावाली गायब बनाइएको, करारका कर्मचारीलाई सधैं करारमा राख्ने खेल भएको, सरकारले तोकेको न्यूनतम तलब नदिएको, ग्रेड नदिइएको, बढुवाको टुंगो नभएको, ग्रेडबापतको रकमबारे स्पष्ट नभएको र अडिट रिपोर्ट सार्वजनिक नगरिएको कुरा पनि आन्दोलित कर्मचारीहरूले उठाएका छन् ।
One response to “काम रोकेर आन्दोलनमा व्यस्त”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
मिति:२०७७/०४/२७
आन्दोलनको सम्बन्धमा निजामती कर्मचारी अस्पताल कर्मचारी संघ द्वारा जारी
अपिल
आदरणीय चिकित्सक ,सम्पूर्ण कर्मचारी तथा सेवाग्राहीहरू यस संघले विगत १ वर्ष देखि हाम्रा जायेज मागका विषयमा अस्पताल व्यवस्थापक,नि.क.अ विकास समिति का अध्यक्ष,संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा राखेको सर्व विधिदै छ।हाम्रा जायेज मागहरु प्रति कुनै तरहले पनि सम्वोधन नभएकोले हाल विश्वमा महामारीको रुपमा फैलिएको COVID-19 मा जस्तो विषम परीस्थितिमा पनि कर्मचारीले नेपाल सरकारले तोकेको न्युनतम तलव स्केल नपाईएकोले वाध्य भई आन्दोलनमा उत्रीन परेको जानकारी गराउदछौ।
आदरणीय चिकित्सक,सम्पूर्ण कर्मचारी तथा सेवाग्राहीहरू हाम्रो आन्दोलन शान्तिपूर्ण दवाव मूलक हो।आन्दोलन गरी रहदा विभिन्न तह र तप्काबाट विभिन्न कुरा उठ्न सक्छन।कसैलाई लाग्न सक्छ हामीले उठाएका जायज मागहरु नितान्त केही व्यक्ति विशेष प्रति ईंन्गीत गर्ने मात्र नभई विशुद्ध सम्पूर्ण कर्मचारीहरुको हक हित र सेवा सुबिधा प्रति रहेको पनि जानकारी गराउदछौं र हाम्रा जायज मागहरु कुनै एक बुंदालाई पुरा गरी अर्को बुंदालाई छायांमा पर्ने किसिमको हुदैंन । हामीले उठाएका मागहरु सबै समान हुन् १ नम्बर बुंदामा पर्ने बढि महत्वपूर्ण हुने र अन्तिम बुंदामा हुने मागको कम महत्व हुने हुदैन सबै बुदाका मागहरु समान मुल्यका भएकाले निसर्त पुरा गर्नुपर्छ भन्ने हाम्रो जोड्दार माग छ साथै यस आन्दोलन प्रति दिग भ्रमित गराउने जस्तो कार्यमा लाग्न र नलागउनु हुन अनुरोध गरिन्छ।
आदरणीय चिकित्सक,सम्पूर्ण कर्मचारी तथा सेवाग्रहीहरू हाम्रो युनियन यो अपिल गर्दछौं कि नितान्त शान्तिपूर्ण आन्दोलन हुने छ। आन्दोलन विशुद्ध श्रमशोषण र विभेदपूर्ण निती विरुद्धको आन्दोलन हो।यस आन्दोलनले सम्पूर्ण कर्मचारीको भावना,मर्मलाई सम्वोधन गर्ने गरी उठाएका मागहरु प्रति नैतिकरुपमा साथ र सहयोग जुटाई दिनुहुन हार्दिक अपिल गर्दछौ।साथै यस अस्पतालमा कार्यरत सम्पुर्ण चिकित्सक तथा सम्पुर्ण कर्मचारीवर्गहरुमा आ-आफ्नो स्थानमा कर्तव्य निष्ठमा रहि सेवामा कुनै बाधा नपुराई सेवा प्रवाह गर्न आव्हान गर्दछौं।
निजामती कर्मचारी अस्पताल कर्मचारी संघ