कसले पाउला प्राधिकरणको तालाचाबी ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिने दिन नजिकिँदै गर्दा उनलाई नै पुनः दोहो¥याउनुपर्ने पक्षमा केही शुभचिन्तकले लबिङ थालेका छन् । खासगरी सामाजिक सञ्जालहरूमा त्यस्तो लबिङ देखिन थालेका छन् । तर, आगामी भदौ २७ गते अवधि सकिन लागेका कार्यकारी–निर्देशक घिसिङ पुनः दोहोरिएलान् ? यो प्रश्न पनि उत्तिकै उठेको छ ।
चार वर्षअघि घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा तत्कालीन ऊर्जा मन्त्रालय माओवादी केन्द्रबाट मन्त्री बनेका जनार्दन शर्माले सम्हालेका थिए । संयोग, अहिले पनि पूर्वमाओवादी केन्द्रकै वर्षमान पुनले सो मन्त्रालय सम्हालेका छन् । तत्कालीन समयमा मन्त्री शर्माकै जोडबलमा घिसिङले सो जिम्मेवारी सम्हाल्न पाएका थिए । त्यो समय घिसिङलाई मन्त्री शर्मा, वर्तमान मन्त्री पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहयोग रहेको थियो ।
कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले आफ्नो क्षमता पनि राम्ररी नै देखाए । उनी कार्यकारी निर्देशक भएपछि २०७५ वैशाखको अन्तिम सातादेखि देशलाई लोडसेडिङ–मुक्त तुल्याए । लोडसेडिङ हटाएयता उनको व्यापक प्रशंसा हुँदै आएको छ । अहिले प्राधिकरणको नेतृत्व पुनः उनलाई नै दिनुपर्ने आवाज उठ्नुमा पनि लोडसेडिङमुक्त तुल्याएकोमा खुसी भएका पंक्तिहरूकै जोडबल रहेको देखिन्छ ।
पदावधि सकिन केही दिन बाँकी रहे पनि घिसिङले भने कहींँकतै दौडधुप भने गरिसकेका छैनन् । तर, उनको मनस्थिति भने एक कार्यकाल फेरि जिम्मेवारी पाए हुन्थ्यो भन्ने रहेको बुझिएको छ । आफ्ना निकटस्थहरूसँग उनले एक कार्यकाल दोहोरिन पाए हुन्थ्यो भन्ने मनशाय राखे पनि शक्तिकेन्द्रहरूमा भने अहिलेसम्म धाउने काम उनीबाट नभएको बताइन्छ ।
तर, चार वर्षअघि उनलाई ज–जसले काँध थापेका थिए, तिनीहरूसँग घिसिङको सम्बन्ध पछिल्लो चरणमा पहिलाजस्तै सुमधुर नरहेको हुँदा उनलाई दोहो¥याउने वा नदोहो¥याउनेमा अन्योल रहेको बुझिएको छ । उनलाई नियुक्त गर्ने तत्कालीन मन्त्री शर्मा पनि पछिल्लो समय घिसिङप्रति सकारात्मक नरहेको बताइन्छ । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पनि समर्थन गर्ने सम्भावना कम रहेको बताइन्छ । तर, घिसिङलाई विगतमा सघाउनेहरू अहिले उनीप्रति सकारात्मक नरहे पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक भए भने चाहिँ उनको दोहोरिने सम्भावना बढी देखिन्छ ।
घिसिङ नै दोहोरिने वा अरु कुनै व्यक्तिले प्राधिकरणको जिम्मेवारी पाउने भन्ने कुरा चलिरहेकै बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी–निर्देशक सुशील ज्ञवालीको पनि अहिले चर्चा चल्न थालेको छ । लगानी बोर्डको प्रमुख कार्यकारी–अधिकृत बन्न चाहेका ज्ञवालीको त्यो सम्भावना विवादास्पद छविका सुशील भट्टले जिप्ट्याएपछि ज्ञवालीको ध्यान प्राधिकरणतिर तानिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply