जागिर सरकारी, ध्यान निजीमा
काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्रवक्ताको हैसियतमा हरेक दिनको कोरोना भाइरस अर्थात् कोभिड–१९ का बारेमा पत्रकार सम्मेलन गर्ने प्राध्यापक डा. जागेश्वर गौतम सरकारको तलब खाएका कर्मचारी भए पनि उनको ध्यान भने निजी अस्पतालको सेवामा केन्द्रित भएको पाइएको छ ।
हरेक दिनको पत्रकार सम्मेलनमा उनले दिने प्रस्तुतिले मनैबाट सरकारको प्रतिनिधित्व नभएको गुनासो आइरहँदा उनले पनि सरकारी लोगो भजाएर निजी अस्पतालमार्फत व्यापार व्यवसाय गर्ने गरेको खुलेको छ ।
चावहिलको ओम अस्पताल एन्ड रिसर्च सेन्टरमा काम गर्दै आएका गौतम सरकारी निकायहरूको लोगो प्रयोग गरेर विगत लामो समयदेखि निजीमा सेवारत हुँदै आएका छन् । यसअघि प्रसूतिगृह थापाथलीको कार्यकारी निर्देशक थिए । त्यतिबेला पनि उनले ओम अस्पतालमा गएर बिरामी जाँच्न नछाडेको बताइएको छ । कोरोनाको प्रभाव बढ्दै जाँदा पनि उनको ध्यान भने आइसीयु र भेन्टिलेटरमा बिरामी कसरी ओम अस्पतालमा लैजाने र त्यहाँको व्यापार बढाउने भन्नेमै केन्द्रित हुने गरेको बताइएको छ । उनी विगत केही वर्षदेखि ओम अस्पतालको बोर्ड डाइरेक्टरसमेत रहेको खुलेको छ । अस्पतालको आधिकारिक वेबसाइटमा नै बोर्ड मेम्बरको सूचीमा डा. गौतमको नाम फोटोसहित राखिएको छ ।
डा. गौतमभन्दा अघि ‘नमस्कार म डा. विकास देवकोटा, सधैंझै कोभिड १९ को अपडेट लिएर उपस्थित भएको छु ।’ यसरी तीन महिनाभन्दा बढी समय स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रूपमा डा. देवकोटा अपराह्न सवा ४ बजे प्रत्यक्ष प्रसारणमा आउने गर्थे । डा. देवकोटालाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट गुणस्तर मापन महाशाखाको प्रमुखमा सरुवा गरिएसँगै उनका ठाँउमा आएका डा. गौतम कोरोना अपडेट लिएर आँउदा पनि विभिन्न कारणले विवादमा पर्दै आएका छन् । केही दिनअघिसम्म पनि उनले ओममा बिरामी जाँच्ने गर्दै आएको बताइएको छ ।
लामो समय डा. भोला रिजालले नेतृत्व गर्दै आएको ओम अस्पतालको अहिले उद्धव पौडेल अध्यक्ष छन् । हरेकपटक ‘बिरामीको उपचारमा लापरबाही गरेर मान्छे मारेको’ आरोपमा आन्दोलन र एकमुष्ट रकम तिरेर छुटकारा पाउँदै आएको सो अस्पतालमा प्रबन्ध निर्देशक बाबुकाजी कार्की हुन् भने बोर्ड मेम्बरमा प्राध्यापक डा. गौतमसँगै डा. आनन्दप्रसाद श्रेष्ठ, युएन पाठक, हरिकिशोर श्रेष्ठ, चण्डीराज ढकाल, हरिप्रसाद पाठक, विजयबहादुर मल्ल, टंक श्रेष्ठ र राजेशकिशोर श्रेष्ठ रहेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply