प्रतिगमनकाविरुद्ध प्रेस संगठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो बहृत राष्ट्रिय भेला हिजो राजधानी काठमाडौंमा सम्पन्न भएको छ । देशभरबाट सात सय भन्दा वढी अगुवा पत्रकार सहभागी सो भेलालाई नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्थायी समिति सदस्य योगेश भट्टराई लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्ले लगायतले सम्बोधन गरेका थिए ।
तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकता पछि बनेको प्रेस संगठन नेपालको यो संस्थापन समूहमा पुवर्वी दुवै संगठनका संस्थापकहरु उभिएका छन् । चौतारीका संस्थापक अध्यक्ष शम्भू श्रेष्ठ, पूर्व अध्यक्षहरु बालकृष्ण चापागाई, गगन विष्ट, पूर्व महासचिव तथा अग्रज विष्णु रिजाल, अग्रज पत्रकार किशोर श्रेष्ठलगायतको समूह यो संस्थापन समूहमा खुलेर लागेको छ । हिजोको भेलामा ममतामयी आमाको निधनको शोकमा रहेका कारण विष्ट सहभागी भएनन् । श्रेष्ठद्धय, रिजाल र चापागाईले भेलालाई सम्बोधन गरेका थिए । विष्टले यस अघि नै केपी ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका थिए । तत्कालीन प्रेस सेन्टरका संस्थापक रहेका महेश्वर दाहाल, ओम शर्मा, हाल पत्रकारहरको छाता संगठन नेपाल पत्रकार महासंधको सभापति रहेका, गाविन्द आचार्य, खिल बहादुर भण्डारी लगायतका अग्रज पत्रकारहरु पनि यहि समूहमा उभिएका छन् ।
२ सय ५१ सदस्यीय प्रेस संगठनमा ओली समूहतिर अहिले करिब ६५ जना उभिएका छन् ।
संगठनका अध्यक्ष महेश्वर दाहालको अध्यक्ष्तामा सम्पन्न हिजोको यो भेलाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उक्त कदमका विरुद्ध सशक्त ढंगले लाग्ने निर्णय गरेको छ । पत्रकारहरुको हक÷ हितको ग्यारेक्ष्ण्टी गरेको संविधानलाई नै विघटन गरिएको हुनाले पेशागत हक, हित र सुरक्षाका लागि पनि ओलीको कदमका विरुट डटेर लाग्ने प्रतिवद्धद्धता सो भेलाले लिएको छ । संगठनको यो अभियानलाई कांग्रे निकट प्रेस युनियन, जनजाती पत्रकार संघ (फोनिज) सहितका आधा दर्जन भन्दा वढी पत्रकार सम्वद्ध संघसंगठनले साथ दिने ऐक्यवद्धता जनाएका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply