अनुदार ओलीलाई चुनुको सम्झना
काठमाडौं । जनयुद्धकालमा राज्य पक्षद्वारा मारिएकी सांस्कृतिककर्मी चुनु गुरुङको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि हुने भएपछि पूर्वमाओवादीका साथै विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आपत्ति जनाएको छ । आज सांस्कृतिक संस्थानमा प्रधानमन्त्री ओली गुरुङको स्मृतिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।
आज प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने गरी ‘सहिद चुनु स्मृति प्रतिष्ठान’ को उद्घाटन तथा बेपत्ता परिवारलाई अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ । तर, प्रधानमन्त्री ओली माओवादी कलाकार तथा लडाकु एवं बेपत्ता परिवारप्रति सदैव अनुदार रहँदै आएको भन्दै अखिल नेपाल जनसांस्कृतिक महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव खेम थपलियाले भनेका छन्, ‘गणतन्त्र, जनयुद्ध र जनयुद्धकालीन सहिदहरूप्रति अत्यन्त अनुदार ओलीलाई सर्वोच्च मञ्चासिन गराएर जनयुद्धका महान् सांस्कृतिक सहिद चुनु गुरुङको नाममा कार्यक्रम गर्न खोजिनु अत्यन्त हास्यास्पद र खेदजनक छ । यो नेपालको जनसांस्कृतिक आन्दोलनमा अत्यन्त नकारात्मक परिघटनाका रूपमा रहने छ । जनयुद्धका महान् सहिद चुनु गुरुङ कहिल्यै सत्ताको हुनु्हुन्थेन र हुनुभएन पनि । बरु, प्रतिक्रियावादी सत्ताविरुद्ध हाँसीहाँसी सहिदी बाटो रोज्नुभयो ।’
जनसांस्कृतिक महासंघ नेपालले पनि चुनु गुरुङको प्रतिष्ठानको उद्घाटन प्रधानमन्त्री ओलीबाट हुन लागेकोमा आपत्ति जनाएको छ । महासंघका संयोजक सरल सहयात्रीका अनुसार महासंघका केन्द्रीय सदस्य डम्बरकुमारी गुरुङलाई चुनुका नाममा प्रतिष्ठान गठन गर्ने जिम्मा दिएकोमा उनले महासंघ र प्रतिष्ठानसँग कुनै परामर्श नगरी ओलीलाई प्रमुख अतिथि बनाउन लागेकी हुन् । प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने सो कार्यक्रम बहिस्कार गर्न र प्रतिष्ठानलाई पुनर्गठन गरेर अघि बढ्न पनि सहयात्रीले निर्देशन दिएका छन् ।
पछिल्लो समय नेकपा विभाजन भएपछि प्रधानमन्त्री ओलीले युद्धकालीन बेपत्ता परिवारका सदस्यहरूलाई बटुलेर आश्वासन दिने र उनीहरूलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध विषवमन ओकल्न लगाउने कार्य गर्दै आएका छन् । चुनु गुरुङको नाममा प्रतिष्ठान गठन गर्ने क्रममा ओलीलाई प्रमुख अतिथिका रूपमा निम्त्याउने कार्य पनि तिनै व्यक्तिहरूको पहलमा भएको बुझिन्छ, जसले अहिलेको राजनीतिक अवस्थामा ओलीको समर्थन र प्रचण्डको धज्जी उडाउँदै आएका छन् । यसबाहेक ओलीले केही समयपूर्व पूर्वलडाकुहरूलाई भेटेर उनीहरूलाई प्रचण्डविरुद्ध परिचालित गर्ने प्रयत्न गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply