पत्रकार महासंघ प्रतिष्ठान प्रदेशकोे अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा शुक्रबार भएको अधिवेशनले महासचिव बालकृष्ण अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरोज कोइरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
मुलुक प्रादेशिक संरचनामा गएसँगै महासंघले पनि तीन वर्षअघि प्रादेशिक समितिहरु गठन गरेको थियो । अधिवेशनलाई महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, टिकाराम प्रधान, महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारी, उपाध्यक्षद्वय बोमलाल गिरी, कालिका शिवाकोटीलगायतले सम्बोधन गरे । अधिवेशनले १४ बुँदे प्रस्ताव पारित गरेको छ । अधिवेशनले कोरोना महामारीलाई बहाना बनाएर कतिपय सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलबसुविधा नदिने कार्यतुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ । पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको बहानामा सूचना विभागले दिन प्रेस पास बन्द गरेकोमा आपत्ति जनाएको छ । ‘त्यसलाई सहज बनाएर सञ्चार गृहले पाउने सेवासुविधा रोक्न सरकारसँग माग गर्दछ,’ विशेष प्रस्तावमा भनिएको छ । प्रतिष्ठान प्रदेश अन्र्तगतका पत्रकार महासंघका सबै सदस्यहरूको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन तथा गम्भीर र जटिल रोगको उपचारका लागि केन्द्रीय समितिसँग आवश्यक पहल लिने प्रस्ताव पनि पारित भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply