चौतारी एक्लै बलियो
काठमाडौं । नेपाल पत्रकार महासंघको देशभर सम्पन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सबभन्दा बलियो देखिएको छ । ७४ मध्ये ६७ जिल्ला र ४६ मध्ये ४२ प्रतिष्ठान शाखामा भएको निर्वाचनमा चौतारीले अग्रता लिएपछि आगामी वैशाखको तेस्रो साता हुने केन्द्रीय महाधिवेशनमा पनि चौतारीले नै वर्चश्व कायम गर्ने देखिएको छ ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालका अनुसार निर्वाचन भएका ६७ जिल्लामध्ये चौतारीले ३२ जिल्लामा सभापति जितेको छ भने प्रेस युनियनले २०, क्रान्तिकारी पत्रकार संघले १०, क्रान्तिकारी पत्रकार महासंघले ४ र संघीय पत्रकार संघले १ जिल्लामा सभापति जितेका छन् । त्यसैगरी, ती जिल्लाबाट केन्द्रीय निर्वाचनमा भाग लिनका लागि चुनिएका ८ सय ७९ पार्षद्मध्ये चौतारीले ३ सय ९१ पार्षद् जितेको छ, जुन कुल पार्षद्को ४४ दशमलब ४८ प्रतिशत हुन आउँछ । त्यसपछि प्रेस युनियनले २ सय ८३, क्रान्तिकारी पत्रकारसंघले १ सय २५, क्रान्तिकारी पत्रकार महासंघले ३२, मसालनिकट प्रगतिशील पत्रकार संघले ५, जनजातिसम्बद्धले १६ र कतै नखुलेका २७ जना छन् ।
यसैगरी, प्रतिष्ठान शाखातर्फ ४२ मध्ये चौतारीले १६, युनियनले १५, क्रान्तिकारी संघले ४ र क्रान्तिकारी महासंघले ३ सभापति जितेका छन् भने निर्वाचन २ सय ४७ पार्षद्मध्ये चौतारीले ९८, युनियनले ८६, क्रान्तिकारी संघले २७, महासंघले १७ र स्वतन्त्र १९ छन् । यस आधारमा हेर्दा चौतारी एक्लैले महासंघको निर्वाचनमा झन्डै ४५ प्रतिशत विजय हासिल गरेको छ ।
अघिल्लो पटक महासंघका शिव गाउँलेको नेतृत्वमा बहुमत प्राप्त गर्न सफल चौतारीले यस पटक पनि विजय हासिल गर्ने निश्चित देखिएपछि त्यसका लागि गृहकार्य सुरु भएको छ । चौतारीका तर्फबाट अध्यक्षको टिकटका लागि महेन्द्र विष्ट, बालकृष्ण चापागाईं र यशोदा तिम्सिना चर्चामा छन् । तीनै जनाले संगठनले आफूमध्ये जसलाई अघि सारे पनि सघाउने बताएर निर्णय प्रक्रियामा सहजता ल्याइदिएपछि चौतारीले छलफल सुरु गरेको छ । तीनमध्ये विष्टको सम्भावना बढी छ । बाँकी पदाधिकारीका हकमा अहिलेको कार्यसमितिमा भएका कोही पनि नदोहोर्याउने र अघिल्लो कार्यसमितिबाट बिदा लिएर संगठनलाई जिताउन सक्रिय भएर लागेमध्येबाट ल्याउनेमा करिब–करिब सहमति देखिएको छ ।
युनियनमा भने कुनै पहल गर्न नसकेको र शर्मनाक स्थिति बनाएको भन्दै केन्द्रीय नेतृत्वप्रति तीव्र असन्तोष प्रकट भएको छ । युनियनका तर्फबाट केदार कोइराला, पोषण केसी, किरण पोखरेल, प्रतीक प्रधानलगायतको नाम चर्चामा भए पनि जितिने सम्भावना नभएकाले अघिल्लो पटक जस्तो रस्साकस्सी छैन । एक पटक हारिसकेकाले पोषणलाई नै उम्मेदवार बनाउने सम्भावना युनियनमा बढी छ ।
यता, केन्द्रमा तालमेलका लागि लिखित सहमति गरेर जिल्ला–जिल्लामा धोका दिए पनि चौतारीले क्रान्तिकारी पत्रकार संघ र महासंघलाई साथमै लिएर प्रगतिशीलहरूको प्यानलका रूपमा अघि बढ्ने योजना बनाएको छ । अझ त्यसअघि सहमतिका लागि आ–आफ्नो हैसियत अनुसार हिस्सेदारी गरेर एकोर्याब जस्तै सर्वसम्मत नेतृत्व बनाउनका लागि चौतारीले युनियनसँग पनि प्रस्ताव गर्ने तयारी गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply