धमिलो पानीमा माछा मार्ने दाउ
कुनै पनि नागरिकलाई आफ्नो देशको भू–भागभित्र घुमफिर गर्ने पूर्ण स्वतन्त्रता छ । राजतन्त्र अन्त्य भएपछि राजाबाट नागरिकको हैसियतमा झरेका पूर्वराजा ज्ञानेन्द्र शाहका सवालमा यो कुरा लागू नहुने विषय नै भएन । त्यही भएर नै होला, दिनानुदिन गर्मी छिप्पिँदै जाँदा पूर्वराजाले पूर्व र पश्चिमका तराईका जिल्लाहरू सयर गर्ने सदिच्छाका साथ केही दिनभित्रै यात्रा प्रारम्भ गर्दैछन् ।
वास्तवमा पूर्वराजा भ्रमणका निम्ति अत्यन्तै सौखिन छन् भन्ने दृष्टान्त विगतका दिनहरूले नै बताउँछ । आफूले सत्ता हत्याउदादेखि नै देश–देशावरको यात्रा गर्ने सोखलाई उनले पूरा गर्दै आएका थिए । सत्ताको बागडोर सम्हाल्दा त उनले देशभित्रै यति धेरै भ्रमण गरे कि, गाउँठाउँ पुगेर जनताका गुनासाहरू सुन्न व्यग्रसमेत रहे । र, आफूलाई ‘देखिने राजा’ का रूपमा स्थापित गराए ।
तर, राजगद्दी त्यागेपछि पनि उनले आफ्नो यात्रा मोहलाई त्यागेनन् । देशमा राजनीतिक शक्तिहरू कमजोर हुँदै गएको महसुस हुनासाथ विभिन्न शक्तिपीठहरूको भ्रमण गर्ने बहानामा आफ्ना शुभेच्छुकहरूको भीड बटुल्ने वातावरण बनाउन उनले छाडेनन् । ‘मेरो पछि पनि जनता छन् है’ भन्ने सन्देश राजनीतिक दलका नेताहरूलाई दिन र आफू कमजोर नभएको याद दिलाउन पूर्वराजाले अहिलेसम्म थुप्रै भ्रमण गरे र गर्दैछन् पनि ।
तर, पूर्वराजाको हरेक भ्रमण ‘प्यारा देशबासी’हरूसित भलाकुसारी गर्ने उद्देश्यमा मात्र सीमित होइन भन्ने कुरा जोकोहीले बुझ्ने विषय हो । यस पटकको उनको पूर्व र पश्चिमको दौडाहाको उद्देश्य आफ्ना शुभेच्छुकहरूलाई उराल्नका लागि मात्रै हो कि, धमिलो पानीमा माछा मार्ने नियतले हुन लागेको हो ? यो भने समयक्रममा खुल्दै जाला । तर, अहिलेलाई भने पूर्वराजाको भ्रमणलाई शुभयात्रा भन्नु सान्दर्भिक होला ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply