पूर्वमाओवादीबीच एकता गर्न सीपी गजुरेलले राखे तीन शर्त
११ पुस, काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरलले पूर्व माओवादीबीच एकता गर्न शर्त अगाडि सारेका छन्।
माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा गजुरेलले पर्व माओवादीबीच एकता आवश्यक रहेको भन्दै त्यसका लागि शर्त अगाडि सारेका हुन्।
गजुरेलले पहिलो शर्तका रुपमा जनयुद्ध सुरु गर्नु अगाडिको केन्द्रीय समितिमा गरेको प्रतिवद्धतालाई पुनर्स्थापित गर्नुपर्ने बताए।
दोश्रो, जुन लक्ष्य राखेर जनयुद्ध थालिएको थियो, त्यो लक्ष्य अधुरो र अपुरो रहेको उनले बताए।
त्यो लक्ष्य अनुसार नेपाललाई जनगणतन्त्र बनाउन तुरुन्त अगाडि बढ्ने गरी यो महाधिवेशनले कार्यक्रम पारित गर्नुपर्ने शर्त पनि गजुरेलले राखेका छन्।
गजुरेलको तेश्रो शर्त हो, राष्ट्रिय स्वाधिनताका लागि केही महत्वपूर्ण निर्णय माओवादीले लिन सकोस्।
यसमा एमसीसी खारेज गर्ने गरी माओवादीले यो महाधिवेशनबाट निर्णय लिनुपर्ने अडान लिएका छन्।
उनले भारतले हडपेको भूभाग फिर्ता ल्याउने प्रतिवद्धता गर्नुपर्ने शर्त अघि सारेका छन्।
कालापानी, लिम्पयाधुरा र लिपुलेक नक्सामा फिर्ता आए पनि जमिन फिर्ता ल्याउन नसकिएको भन्दै उनले माओवादीबाट प्रतिवद्धता आएमा एकताको आधार तयार हुने बताए।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply