काजी साबको बस–यात्रा
राजनीति गर्नेहरूसित एकाध होइन, अनेक खुबी हुनुपर्छ । खुबी भएन भने राजनीतिक दृश्यपटलबाट स्वत: ओझेलमा पर्ने खतरा मडारिन्छ । राजनीतिज्ञमा हुनुपर्ने अनेक खुबीमध्ये आफूलाई चर्चामा ल्याइरहनका लागि केही नौलो, अनौठो र अद्भूत कार्य गर्नु पनि एउटा खुबी हो । अहिले एमाओवादी नेता नारायणकाजी श्रेष्ठ ऊर्फ प्रकाशले पनि यही खुबीलाई पछ्याएका छन् ।
हुन त, एमाओवादीका नेताहरुमध्ये अधिकांशमा यस्तो खुबी नभएको होइन । माओवादीका सबैजसो नेताहरू यही खुबीकै आधारमा राजनीतिक दृश्यमा टिकिरहेका हुन् भन्नु अनौठो नहोला । अध्यक्ष प्रचण्ड त माहिर नै भए । के–के हर्कत गर्दा राजनीतिक परिदृश्यमा टिकिरहन्छ भन्ने राम्रो ज्ञान अध्यक्ष कमरेडमा मौजुद छ । दोस्रो वरीयताका नेता डा.बाबुराम भट्टराई त आफूलाई चर्चामा ल्याउन जे–जस्तो हतकण्डा अपनाउनुपर्छ, ती सबै अपनाउन सक्षम छन् । यो सवालमा उनले विद्यावारिधि नै गरेका हुन् कि जस्तो भान पर्छ । सबै वरिष्ठहरूले चर्चित हुने बाटो अपनाएपछि प्रकाश कमरेड पनि किन पछि पर्थे र ? उनी अरूभन्दा के मानेमा कम छन् र ? हो, उनले पनि वरिष्ठ नेताहरूकै पदचाप पछ्याउन उपयुक्त ठाने र निजी गाडी त्यागेर सार्वजनिक सवारीसाधनतिर नजर दौडाए ।
उपप्रधानमन्त्री भइसकेका मान्छेलाई बसमा यात्रा गर्नु पक्कै पनि कठिन त होलान् नै । तर, के गर्नु † बाध्यता नै यस्तै छ । पाल्नु, नपाल्नु अर्कै कुरा भए पनि, जिल्ला फर्केर बाख्रा पालन गर्ने कुरा गरुँ भने डा.साबले फलाकी हाले । जेलसेल घसौं भने अध्यक्ष कमरेडले भ्याइहाले । केही न केही अनौठो कार्य त गर्नै पर्यो । र, अन्तत: काजी साहेबले चाहिँ बस चढेरै आफू पनि सामान्य जनताको तहमा रहेको जनाउ दिने र आफू सर्वहारा वर्गको पार्टीको सच्चा नेता भएको देखाउने हर्कत गरे । आखिर, केही न केही नगरी कसरी चर्चामा आइन्छ र ? हैन त, काजी साब ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply