रुसद्वारा युक्रेनको मोलिटोपोल शहर कब्जा

१४ फागुन, काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनको प्रमुख बन्दरगाह मारिउपोल नजिकैको मोलिटोपोल शहरलाई नियन्त्रणमा लिएको बताएको छ ।
रुसले युक्रेनमाथि गत बिहीबार आक्रमण शुरु गरेयता पहिलो पटक महत्वपूर्ण शहरमा कब्जा जमाएको हो । रुसले राजधानी शहर किभमा पनि शुक्रबारदेखि निरन्तर आक्रमण गरिरहेको छ । यद्यपि युक्रेनको सेनाले त्यसको कडा प्रतिकार पनि गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
मेलिटोपोल माध्यम आकारको शहर हो । यो शहर युक्रेनको दक्षिणी क्षेत्र जापोरिझयामा पर्छ । यो शहरको जनसंख्या करिब एक लाख ५० हजार रहेको अनुमान छ । यसैबीच फ्रान्सले युक्रेनलाई रुससँग लड्न हतियार सहयोग पठाएको छ ।
युक्रेनका राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमार्फ फ्रान्सबाट हतियार सहयोग आइरहेको जानकारी दिएका हुन् । उनले अहिले युद्धविरोधी गठबन्धनको विकास भइरहेको उल्लेख गरेका छन् जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्यक्रोंसँग शनिबार बिहान वार्ता भएको जानकारी दिएका छन् । शनिबार म्याक्रोंले एक भिडियो सार्वजनिक गर्दै अब युद्ध सकिने र त्यसको लागि तयार रहनुपर्ने उल्लेख गरेका छन् । एजेन्सी
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply