माओवादीले स्थानीय चुनावअघि पदाधिकारी चयन नगर्ने
२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको चुनाव अगाडि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन नगर्ने भएको छ ।
२० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेन । गत पुसमा भएको महाधिवेशनले पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेको थियो । त्यतिबेला केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि स्थानीय तहको चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नहुने भएको नेता वर्षमान पुनले बताए ।
अब आगामी निर्वाचनलगत्तै हामी पदाधिकारी र अन्य निकायहरुको चयनहरु गर्छौं’ उनले भने । पदाधिकारी चयन गर्नका लागि समयको अभाव भएको पुनको भनाइ छ । विधान अनुसार पदाधिकारी चुन्न पाएको भए राम्रो हुन्थ्यो । तर, हामीसंग समयको अभाव भयो’ उनले भने ।
पार्टीको आधिकारिक निर्णयका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने गरी एउटा टिम बनाउने गृहकार्य भएको र त्यो टिममा रहने सदस्यहरु चयन गर्ने अधिकार स्वयं अध्यक्षलाई दिने तयारी भएको नेता पुनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply