वागमती सफाइमा व्यवसायी
काठमाडौं । अरु बेला ठूल्ठूला चट्टानी पहाड फुटाउने, सडक सम्याउने काममा दत्तचित्तपूर्वक खट्ने अनुहारहरू केही दिनअघि भने बेग्लै अभियानमा थिए । उनीहरू प्रदुषणको चपेटामा परेको वागमती नदीलाई कसरी पवित्र र स्वच्छ राख्ने भन्ने चिन्तनमा थिए । र, बिहान सबेरै तिलगंगाको किनार वरिपरि भेला भएर वागमतीलाई सफा बनाउन तल्लिन रहे ।
उनीहरू अरु कोही थिएनन्, नेपाल हेभी इक्विपमेन्ट संघका पदाधिकारीहरू थिए । संघका अध्यक्ष ताराबहादुर कुँवरको नेतृत्वमा वागमती सफाइ गर्न हेभी इक्विपमेन्ट व्यवसायीहरू गएको शनिबार तिलगंगामा जुटेका थिए । हेभी इक्विपमेन्ट व्यवसायीहरूसँगै वागमती सफाइमा मुख्य सचिव लीलामणि पौडेल पनि सहभागी थिए । करिब ५१ जना व्यवसायीहरू बिहानैदेखि बागमती सफा गर्न जुटेका थिए । उक्त अभियानमा काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लाका हेभी इक्विपमेन्ट व्यवसायीहरू उपस्थित रहेको महासचिव प्रेमलाल श्रेष्ठले जनाए ।
यसअघि पनि हेभी इक्विपमेन्ट व्यवसायीहरूले वागमती सफाइका लागि आफ्ना उपकरणहरू उपलब्ध गराउने बताउँदै आएको थियो । ‘आवश्यक पर्यो भने हामी आफ्ना उपकरणहरू वागमती नदी सफा गर्न उपलब्ध गराउन तयार छौं ।’ महासचिव श्रेष्ठले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply