चुनाव विरोधीलाई हाताभित्रै निषेध
काठमाडौं । आगामी जेठ १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निश्चित भएर मतदान अधिकृत तोक्ने तथा निर्वाचनका कार्यक्रम सार्वजनिक गर्ने कार्य भइसकेपछि एमाओवादी निकट विद्यार्थी संगठन भने निर्वाचन विरोधी क्रियाकलापमा सरिक हुन थालेका छन् । माओवादी फुटेकाले संगठन क्षयीकरण भएको भन्दै उनीहरू ‘नराम्रो ढंगले धक्का खाने निश्चित भएपछि’ निर्वाचन विरोधी अभियानमा लागेको प्रष्ट देखिएको छ ।
अघिल्लो पटकको चुनावमा रातारात पैसा ल्याएर फर्जी भर्ना गरी चुनाव हरहालतमा जित्ने योजनामा रहेका एमाओवादी भातृसंगठन अखिल क्रान्तिकारी यसपटक नाटकीय ढंगले निर्वाचनको विपक्षमा उभिएको छ । उसले ड्यास माओवादी निकट अखिल क्रान्तिकारी, राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र केही मधेसी संगठनलाई साथमा लिएर निर्वाचन विरोधी मोर्चा निर्माण गरेको छ । तर अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायतका प्रमुख संगठनहरू घोषित मितिमा नै निर्वाचन गराएरै छाड्ने अडानमा छन् । निर्वाचनमा सहभागी हुन विद्यार्थी संगठनहरू तयार भएमा त्रिवि प्रशासन प्रहरी परिचालन गरेरै भएपनि निर्वाचन गराउने र कुनै हालतमा स्थगित नगर्ने मूडमा पुगेको छ । निर्वाचन विरोधीहरू मिति स्थगित गरी नयाँ मिति घोषणा गर्नुपर्ने माग राखेर सडक प्रदर्शनमा आइरहेका बेला निर्वाचनका पक्षधर विद्यार्थी संगठनहरू भने चुनाव विरोधी गतिविधि नगर्न बरु निर्वाचनमा भाग लिएर मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने साहस देखाउन अन्य संगठनलाई आग्रह गरिरहेका छन् । अनेरास्ववियूले चुनाव विरोधीहरू निर्वाचनका पक्षमा नआए उनीहरूलाई क्याम्पसमा प्रवेश निषेधसम्मका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ । अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले निर्वाचन रोक्नु कुनै हालतमा क्षम्य नहुने बताए । ‘अति भयो भने हामी निर्वाचन विरोधी गतिविधीमा संलग्न संघ संगठन तथा व्यक्तिहरूलाई क्याम्पस प्रवेशमा समेत निषेध गर्ने कार्यक्रम ल्याउन सक्छौ’ं–प्रवक्ता लामिछानेले भने । क्याम्पसहरूले आजसम्ममा सबै क्याम्पसमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यक्रम त्रिविले हरेक क्याम्पसमा पठाइसकेको छ । जसअनुसार जेठ ८ गते मतदाता सूची प्रकाशन, ९ गते १ बजेसम्म दावी विरोध, ३ बजेसम्म दावी विरोध उपर छानवीन गरी अन्तिम नामावली प्रकाशन, ९ गते ३ बजेदेखि ५ बजेसम्म मनोनयन पत्र वितरण, ११ गते १० बजेदेखि २ बजेसम्म समानुपातिकतर्फको सिलबन्दी नाम बुझाउने म्याद, ११ गते २ बजेदेखि ५ बजेसम्म प्रत्यक्ष उम्मेद्वारको नामावली प्रकाशन, १२ गते १२ बजेसम्म उम्मेद्वारको नामउपर दावी विरोध र त्यसमा छानविन गरी १३ गते ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यसूची रहेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply