नबिलको कलंकी र लाजिम्पाटमा एटीएम सेवा
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको कलंकी र लाजिम्पाटमा दुई वटा एटीएम सेवा प्रारम्भ गरेको छ । बैंकले स्थानीय बासिन्दाहरूको सेवा सुविधालाई मध्यनजर गरी एटीएम सेवा प्रारम्भ गरेको जनाएको छ । अब बैंकको एटीएम सञ्जालमा ८५ वटा एटीएम संख्या पुगेको छ भने सो संख्या नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै एटीएम सञ्जाल भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । नबिल बैंकको उपत्यकाभित्र ४८ र उपत्यका बाहिर ३७ वटा एटीएम पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले उक्त दुवै एटीएमको उद्घाटन गर्नुभएको थियो । भिसा कार्ड, मास्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कार्डबाहक कुनै पनि कार्डबाहकले नगद झिक्न तथा एटीएमका अन्य सुविधाहरू उपभोग गर्न सक्ने जनाइएको छ ।
सो अवसरमा प्रमुख कार्यकारी–अधिकृत ज्ञवालीले भन्नुभयो–‘ग्राहक सुविधा उपलब्धताका लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धताअनुरूप दुई एटीएम थप गर्दा हामीलाई खुसी लागेको छ । व्यावसायिक र प्रभावकारी बैंकिङ सुविधाहरू प्रदान गर्न र समाजका बृहत एवम् छरिएर बसेका समुदायको बैंकिङ आवश्यकता पूर्ति गर्न हामी सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
मुलुकको पहिलो संयुक्त लगानीको बैंकको रूपमा स्थापित सो बैंकले उपभोक्तामा आधारित विविधतायुक्त सेवा/सुविधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ । नवीन प्रविधिको ग्रहण, बासलातको आकार र गुणस्तर, शाखाहरू र एटीएमहरूको व्यापक सञ्जाल र ग्राहकहरूको सन्तुष्टिप्रति समर्पित पारङ्गत दक्ष पेसाकर्मीहरू नै उक्त बैंक सधैं अग्रणी बैंक बन्नुको आधार मानिन्छ । ‘बैंकले नयाँ र नवीनतम सेवाहरू एवम् योजनाहरू प्रस्तुत गरेर सदैव आफूलाई अब्बल बैंक साबित गर्दै आएको छ ।’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ– ‘बैंकले ४८ वटा शाखाहरूको बृहत् सञ्जाल, ८५ वटा एटीएमहरूको विशाल संरचना र १ हजार ३ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत् सेवा प्रदान गरेर सम्पूर्ण आर्थिक कारोबारको पहिलो रोजाइको सेवा प्रदायक बन्न सफल भएको छ ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply