पशुपतिलाई बम्पर चिठ्ठा
एउटा पुरानो कथानुसार, एक टुक्रा मासुका लागि दुई छट्टु श्यालबीच लफडा उत्पन्न हुन पुगेछ । दुवै श्यालले आफूले मासुको टुक्रा पाउनुपर्ने जिकिर गरेछन् । ती दुई श्यालबीचको झगडालाई अत्यन्तै नजिकबाट नियालिरहेको एउटा कागले भने अन्तत: फाइदा उठाउन पुगेछ । अर्थात्, मासुको स्वाद ग्रहण गर्ने औसर ती दुई श्यालले होइन, मौका ढुकेर बसिरहेको कागले पाएछ ।
यो कथामा उल्लिखित पात्रहरूबारे त्यति बताइरहनु नपर्ला । पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अहिले उत्पन्न लफडाले नै पात्रहरूको सर्वथा चिनारी गराइरहेको छ । राप्रपाका दुई हस्ती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीचको तानातानले अर्का नेता पशुपतिशमशेर राणालाई अध्यक्ष पदको बम्पर चिठ्ठा परेको छ । र, राणाले कथानुसार कागले प्राप्त गरेको जस्तै औसर बटुलेका छन् ।
हुन पनि, थापा र चन्दबीचको लफडा यति उत्कर्षमा पुग्यो कि, दुवै पक्ष पार्टी कार्यालय कब्जा गर्ने तहसम्मै पुगे । थापा, चन्द, राणा र प्रकाशचन्द्र लोहनी गरी चार जना शीर्ष नेताहरूले एक–एक वर्ष पालैपालो अध्यक्षको कुर्सीमा बस्ने ‘भद्र सहमति’ भए पनि थापाले भने निर्धारित समयमा कुर्सी छोड्न नचाहेपछि थापाकाजीलाई स्वाद चखाउने उद्देश्यले ठकुरी राजासाबले आफूलाई अध्यक्ष घोषणा गरे । तर, ठकुरीसाबको स्वघोषित अध्यक्ष पद एकाएक धरापमा पार्दै थापाकाजीले अर्का ठकुरीसाब पशुपतिलाई अध्यक्षको पद दिलाइछाडे । उमेर र वरिष्ठता अनुसार अध्यक्ष पद पालैपालो पाउने सहमतिलाई गोली मारेर थापाकाजीले आफ्नो तुजुक देखाइदिए । र, पञ्चायतकालदेखि नै आफ्ना प्रखर प्रतिस्पर्धी रहेका एउटा ठकुरीलाई पछारेर अर्का ठकुरीलाई उचाल्ने थापाकाजीको अभियान तत्काललाई सफल भएको मान्नुपर्छ ।
तर, एक वर्षअघि मात्रै एकीकरण भएको पूर्वपञ्चहरूको पार्टीमा चिरा आउन नदिन दुई नेताबीचको पौंठेजोरीलाई ख्याल गर्दै मिलाएर लैजानेतिर भन्दा पनि राणाले अध्यक्षको कुर्सीमा बस्ने जुन लालसा देखाए, त्यसले उनको दूरदर्शितालाई दर्साउँदैन । आखिर, बम्पर चिठ्ठा परेपछि कसले छाड्छ र अध्यक्षको कुर्सी ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply