आफ्नै खल्ती–विकास

अहिले सिंगो संसार नै फुटबलमय भएको छ । ब्राजिलमा जारी विश्वकपले अहिले सबैको ध्यान आकृष्ट गरिरहेको छ । फुटबलप्रेमीहरू आ–आफ्नो टिम छान्दै विश्वकपको माहोलमा रमाइरहेका छन् । तर, जारी विश्वकपले नेपालीहरूको भने निन्द्रा हराम गराएको छ । आम नेपालीहरू निदाउने समयमा विश्वकप आउने भएको हुँदा फुटबलप्रेमी नेपालीहरू निन्द्रालाई गोली मारेर विश्वकपको मज्जा लिन चुकिरहेका छैनन् ।
विश्वकपले नेपालीहरूको निन्द्रा हराम गराएजस्तै अहिले एकजना पात्रको पनि निदहराम हुन पुगेको छ । ती पात्र चाहिँ नेपाली फुटबलसित जोडिएका हुन् । करिब दुई दशक अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो मुठ्ठीमा पार्दै आएका गणेश थापाका कर्तुतहरू अहिले धमाधम खुल्न थालेका छन् । उनले कोसित कति रकम हसुरे भन्ने कुरा विस्तारै खुल्न
थालेको हो ।
उनले एसियाली फुटबल महासंघका अध्यक्ष मोहमद बिन हमामसित १ लाख १५ हजार पाउन्ड लिएका रहेछन् । त्यति रकम लिएको पनि चारै वर्ष बितिसकेको रहेछ । त्यसबाहेक पनि गोल प्रोजेक्टको १९ लाख डलर हिनामिना बनाउनेदेखि खेलाडी कल्याण कोषको ४० लाख रुपियाँ पनि उनले आफूखुसी खर्च गरेका रहेछन् । नेपाली फुटबलको विकासमा उनले राम्रै योगदान दिएका रहेछन् ।
करिब उन्नाइस वर्षसम्म एन्फामा हालीमुहाली चलाउँदै आएका थापा प्रायजसो आफूले फुटबलको विकासमा सक्दो योगदान दिएको बताउन चुक्दैनथे । हुन पनि, एन्फामा उनको विकल्प नै छैन जस्तो लाग्दथ्यो । तर, थापाको रकम चप्काउने शैली बाहिर आएपछि भने उनी नेपाली फुटबलका लागि होइन, आफ्नै खल्ती भर्ने विकासमा सक्रिय रहेछन् भन्ने स्वत: पुष्टि भएको छ । आखिर, फुटबलको विकासभन्दा त आफ्नै खल्तीको विकास महत्त्वपूर्ण होइन र ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply