प्रदेश–१ मा आज मुख्यमन्त्रीका लागि दावी पेस गर्ने अन्तिम दिन
२४ पुस,विराटनगर । प्रदेश–१ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज (आइतबार) साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुखले दिएको समय सीमा अनुसार आज प्रदेश–१ मा नयाँ सरकार बन्नु पर्नेछ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले १७ पुसबाट आज (आइतबार) साँझ ५ बजेसम्मका लागि समय दिएका छन् ।
यसबीचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल गरे पनि केन्द्रमा भागबण्डा नटुङ्गिएका कारण दाबी पेश गर्न सकेनन् । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको छ ।
एमाले प्रदेश–१ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । त्यसको लागि सत्तारुढ दलको शीर्ष नेतृत्वमा सहमति बनिसकेको स्रोतको दाबी छ । ‘आज शीर्ष नेताबीच छलफल हुँदैछ, त्यसपछि प्रदेशमा दाबी पेस गर्छाैं,’ माओवादी केन्द्र प्रदेश–१ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने ।
९३ सदस्यीय प्रदेश–१ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले संसदीय दलका नेता कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन पेश गर्न लागेको स्रोतले जनाएको छ ।
प्रदेश–१ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ९३ जना सांसद रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply