अखिलको सांस्कृतिक कार्यक्रम
रूपन्देही । अनेरास्ववियु रूपन्देहीले यही जेठ ३१ गते आफ्नो रचनात्मक क्रियाकलापअन्तर्गत ‘संगीत सबैका लागि, सधैंका लागि’ भन्ने नाराका साथ प्रगतिशील सन्देश प्रवाह गर्न राष्ट्रिय स्तरका चर्चित लोकप्रिय कलाकारहरूको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम अखिल साझ–२०७१ को आयोजना गर्यो ।
राष्ट्रिय चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोकप्रिय आधुनिक तथा पप गायक शिव परियार र आस्था बी, चर्चित हास्य कलाकार राजाराजेन्द्र पोखरेल, हास्य नृत्यकार दीपक थापा, लोकप्रिय लोक तथा दोहोरी गायक बैकुण्ठ महत, लक्ष्मण खड्का, दीपक गरौजा, सपना गाहा, हरिमाया रायमाझी, स्थानीय हास्य कलाकार पुरुषोत्तम भण्डारीलगायतको बेजोड प्रस्तुति रहेको कार्यक्रममा जनसंगीत मञ्च रूपन्देही, सिद्धार्थ कला केन्द्र र आस्था कला केन्द्रको बेजोड प्रस्तुतिलगायत रूपन्देहीका लोकप्रिय अन्य कलाकारहरूको सशक्त प्रस्तुति रहेको थियो ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति अक्षयकोषको स्थापनार्थ आयोजना गरिएको यस सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय अध्यक्ष किशोरविक्रम मल्ल हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply