खेलकुद र पेशागत महासंघमा ओली पक्ष शुन्य
काठमाडौं । नेकपा एमाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौटको पछिल्लो परिणाम आउने क्रम जारी रहेको छ । खेलकुद महासंघमा १६ जना मध्ये १६ जना नै नेपाल पक्षका आएका छन् । खेलकुद महासंघवाट आउनेमा लामा टेण्डी शर्मा, उपेन्द्रकुमार पौडेल, मोहम्मद समिउल्लाह, बद्री अधिकारी, राजेन्द्र श्रेष्ठ, धर्मकुमार श्रेष्ठ, बिरेन्द्र श्रेष्ठ, बद्री प्रसाद घिमिरे, नारायण गमाल, होमबहादुर दोङ, बिन्दु अधिकारी, अनिलकुमार रिजाल, हरकसिंह धामी, गोविन्द भट्टराई, गणेश लामा जिम्मा र सुरत खत्री छन् । यी सबै नेपाल पक्षधर हुन् ।
पेशागत महासंघमा पनि ओली समूूह शुन्य भएको छ । यहाँवाट आएका २९ जना नै नेपाल समुहका छन् । विद्यार्थी विशेषमा नेपाल पक्षकी रामकुमारी झाँक्रीले ओली पक्षकी सुनिता वराललाई दोब्बर भन्दा बढी मतले पराजित गरेकी छिन् । झाक्रीले १४४ मत प्राप्त गरेकी थिइन भने बरालले ६३ मत प्राप्त गरेकी थिइन् ।
उद्योग र चौतारीमा बहुमत
पछिल्लो पटक ओली गुटमा लागेका पोलिट्व्यूरो सदस्य मुकुन्द न्यौपाने प्रमुख रहेको उद्योग व्यबसायी महासंघमा सात प्रतिनिधी मध्ये पाँच जना नेपाल पक्षका छन् । प्रेस चौतारी नेपालका पाँच मध्ये ३ जना नेपाल पक्षका छन् । चौतारीवाट आएका राजेन्द्र अर्याल र प्रमोद दाहाल ओली पक्षधर हुन भने दुुर्गा शर्मा, माधव नेपाल र सइन्द्र राई नेपाल पक्षधर हुुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply