अध्यक्ष र ओलीका सालो नै पराजित
ललितपुर । नेकपा एमालेको नवौ महाधिवेशनका लागि ललितपुर क्षेत्र नं २ मा आज भएको प्रतिनिधी चयनमा अध्यक्षका प्रत्यासी केपी ओली पक्षीय जिल्ला अध्यक्ष हरिकृष्ण व्यन्जनकार नै पराजित भएका छन् । उनी सँगै नेता ओलीका सालो राजेन्द्र शाक्य पनि पराजित भएका छन् । यहाँ वाट तीनै जना नेपाल पक्षका प्रतिनिधि छानिएका छन् । जसमा उषा बज्राचार्य, प्रेम मर्हजन र रामेश्वर श्रेष्ठ रहेका छन् ।
काठमाडौ १० मा नेपालको एकलौटी
काठमाडौ क्षेत्र नं १० मा माधव नेपाल पक्षधर ले एकलौटी जितेको छ । यहाँवाट नेपाल पक्षका सुरेन्द्र मानन्धर, ज्ञानबहादुर गोपाली र राधिका पौडेल छानिएका छन् । काठमाडौ क्षेत्र नं ८ मा भने नेपाल र ओलीका एक–एक जना आएका छन् । यहाँवाट छनौट भएका मैया मर्हजन नेपाल पक्षका हुन् भने राजेश शाक्य ओली पक्षका हुन ।
भक्तपुरमा १मा नेपालको बहुमत
भक्तपुर क्षेत्र नं १ मा ६ मध्ये ४ जना नेपाल पक्षका छन् । यहाँवाट छानिएका सोम मिश्र, हरिशरण लामिछाने, नवराज गेलाल, चित्रवहादुर अछामी नेपाल पक्षका हुन भने सरस्वती वाटी र रामबहादुर श्रेष्ठ ओली पक्षका हुन् ।
बाँके ४ मा नेपालको एकलौटी
ओली समूहले आफ्नो गढ भन्ने भेरीको बाँके को क्षेत्र नं ४ मा ओली समूह शुन्य भएको छ । यहाँ वाट पाँचै जना नेपाल पक्षका आएका छन् । यहाँवाट आएका मा रत्न खत्री, होमनाथ सापकोटा, दिपक जिएम, गोविन्द जिसी र प्रेमपुर्ण योगी छन् । त्यसैगरी जिल्ला भरीको दलित कोटावाट नेपालपक्षका तीनै जना छानिएका छन् । जसमा एकमाया विक, सन्तवीर सुनार र रामकृष्ण विक छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply