रविले बुझाए ६ पृष्ठको स्पष्टिकरण, युवराज ‘सफल’ को उजुरी स्वतः खारेज
२२ चैत,काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् ।
आज (बुधबार) मध्यान्हन मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले उक्त स्पष्टीकरण बुझाएका हुन् । रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । यता चितवन–२ को उपनिर्वाचनका उम्मेदवार समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराज पौडेल सफलले दिएको उजुरी स्वतः खारेज भएको छ ।
पौडेलले मंगलबार रविको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply