ऊर्जामन्त्रीका ऊर्जावान् काम
हाम्री ऊर्जामन्त्री राधा ज्ञवाली काममा पनि निकै नै ऊर्जावान् हुनुहुँदोरहेछ । त्यही ऊर्जावान् व्यवहारकै कारण उहाँले केही दिनअघि चिलिमे जलविद्युत् आयोजनाका कार्यकारी–निर्देशक कुलमान घिसिङलाई हटाउनुभयो । घिसिङ हट्नु एउटा स्वाभाविक प्रक्रियाजस्तै थियो । किनकि, घिसिङलाई चिलिमेमा चार वर्षका लागि लगिएको थियो र उनको अवधि पूरा भयो र स्वत: हट्न पुगे । यसमा कुनै विवाद वा लफडा गरिरहनुपर्ने आवश्यकता नै कहाँ थियो र ?
तर, घिसिङको हटाइसँगै चिलिमेलगायत अरू चारवटा जलविद्युत् आयोजनाका कर्मचारीहरूले त्यही निहुँमा काम ठप्प पार्ने ऐलान गरे । अहिले घिसिङलाई पुनर्बहाली नगरेसम्म काममा नफर्कने मुडमा आयोजनाका कर्मचारीहरू रहेका छन् । कर्मचारीहरूको तर्क छ, ‘गति नलिइरहेको आयोजनालाई गतिशील तुल्याएर कामलाई अन्तिम रूप दिने बेला किन घिसिङलाई हटाइयो ? उनलाई अब पूरै अवधि काम गर्न दिइनुपर्छ । होइन भने हामी काम ठप्प पार्छौं ।’ यस्तै–यस्तै बखेडा पनि कर्मचारीबाट सुरु भएको छ ।
घिसिङलाई किन हटाइयो ? ऊर्जामन्त्रीले नै महसुस गरुन् । तर, यसअघि पनि ऊर्जामन्त्री ज्ञवालीले केही ऊर्जावान् भनाइहरू सार्वजनिक गरेर आफूलाई फरक मन्त्रीका रूपमा देखाउने कसरत भने गर्नुभएकै हो । उहाँले ‘अबदेखि डलरमा पीपीआर हुँदैन’ भन्नुभयो । यसले निकै तहल्का मच्चायो । डलरमा पीपीआर नहुने भएपछि नेपालमा जलविद्युत्मा लगानी गर्न इच्छुक भारतबाहेकका विदेशी मुलुक स्वभावत: हच्किने नै भए । डलरमा पीपीआर नहुने भएपछि विदेशीहरू थोडै नेपालमा आउँछन् र ? मन्त्रीमाथि एउटा के आरोप पनि लाग्यो भने, डलरमा पीपीआर नगर्ने भनेर मन्त्रीले भारतीय लगानीकर्तालाई मात्रै भित्र्याउन चाहेको देखियो । उहाँले भारतको सेवा गर्ने मनसायले यस्तो कुरा बोलेको कुरामा विमति छैन । आदि–इत्यादि आरोपहरू पनि मन्त्रीमाथि लाग्ने नै भयो ।
आखिर, हाम्रा ऊर्जामन्त्रीले किन यति ऊर्जावान् कामहरू गरिरहनुभएको छ । यसको रहस्य कहिलेसम्म बुझ्न सकिएला ? पर्खनैपर्ने भएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply