दुग्ध विकास कि कर्मचारीको विकास ?
काठमाडौं । दैनिक १५ लाख रुपिया“सम्म घाटामा गइरहेको दुग्ध विकास संस्थानमा वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई फेरि बोनस खुवाइएको छ । साउन १ गते राजधानीमा आयोजना भएको दुग्ध विकास संस्थानको वार्षिकोत्सवको सन्दर्भ पारेर संस्थानका १२ सय कर्मचारीलाई प्रतिकर्मचारी ५ हजार भत्ता दिने निर्णय भएको छ । करोडौं घाटामा गएको संस्थानमा त्यसरी भत्ता बा“ड्दा ६० लाख रुपिया“ खर्च हुन्छ ।
हरेक वर्षझैं यसपटक पनि प्रतिकर्मचारी ५ हजार रुपिया“ वार्षिकोत्सव भत्ता माग गर्दै नेपाली कांग्रेस, एमाले र एमाओवादी निकट कर्मचारी युनियन एकजुट भएका थिए । ड्यास माओवादी निकट कर्मचारी संगठनले संस्थान धराशायी भइसकेकाले भत्ता नखाऔं बरु त्यो ६० लाख रुपिया“ले संस्थानमा केही गरौं भन्दा अरू संगठनका नेताले विरोध गरेको बताइन्छ । त्यसो त कृषि मन्त्री हरि पराजुलीले वरिष्ठलाई फालेर दुई तह कनिष्ठ रहेका गंगा तिमल्सिनालाई महाप्रबन्धक बनाएपछि उनी पनि कर्मचारी संगठनलाई नचिढ्याउने पक्षमा रहेकाले सो निर्णय गर्न राजी भएको बुझिएको छ । लाज–गाल टार्नका लागि अर्को पटकको वार्षिकोत्सवमा भने संस्थान नाफामा गए मात्र वार्षिकोत्सव भत्ता खाने निर्णय अहिल्यै भएको बताइन्छ ।
त्यसो त तिमल्सिनाले विभिन्न आयोजना र चिलिङ सेन्टरका प्रमुखहरूलाई अनावश्यक दबाब दिएर ठाडो हस्तक्षेपमा आफू निकट कर्मचारीको नियुक्ति गर्न थालेका छन् । उनले हालै दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख डा. शत्रुघन साहलाई दबाब दिएर एक आफन्तलाई नियुक्ति गर्न लगाएको थाहा भएको छ । ‘ऐन मिचेर नियुक्ति भएकाले उनलाई प्रचलित ऐन कानुनको कुनै मतलब छैन’– एक कर्मचारीले टिप्पणी गरे ।
संस्थान दिनदिनै धराशायी हु“दै गएको तर कृषि मन्त्री हरि पराजुली संस्थानको कमिसनबाट मोटाइरहेको बताइन्छ । वैशाख १० गतेयता असारसम्ममा संस्थानले भारतबाट करिब २० करोड रुपिया“को पाउडर दूध खरिद गरिसकेको थाहा भएको छ । संस्थानले हरेक खरिदमा सार्वजनिक खरिद ऐनअनुसार सार्वजनिक टेन्डर आह्वान गर्नुपर्नेमा गुपचुपमा सो दूध किनिएको र त्यसबाट महाप्रबन्ध तिमल्सिनाले मन्त्री पराजुलीलाई भारी अंकमा कमिसन बुझाएको विशेष सूत्रले जानकारी दिएको छ । त्यसो त पाउडर दूध ल्याएर घोलेर बेच्दा नेपालमा फाइदा नभए पनि कमिसनकै लागि ठूला परिणामका खरिदहरू हुने गरेको छ ।
विगतमा तिमल्सिना बालाजु दूध वितरण आयोजनाको प्रमुख थिए भने अजबलाल यादव महाप्रबन्धक थिए । त्यतिबेला नापतौल तथा गुणस्तर विभागले डीडीसीको दूध गुणस्तरहीन भएको प्रमाणित गरेको थियो । पा“चखाल चिस्यान केन्द्रमा प्रमुख रहेका टिकाबल्लभ सापकोटालाई गंगाले दूधको गुणस्तर सुधार्न पत्र लेख्दा सोको कारबाही नभएर यादवले जागिर नै छोड्नुप¥यो । उनै सापकोटा अहिले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष्ँ छन् भने गंगा र उनको मिलेमतोमा नै गुणस्तरमा कमी गरेर भए पनि कसरी कमिसन खाने भन्ने योजना संयुक्त रूपमा बनाइरहेको बताइन्छ ।
त्यसो त गंगाले आफ्नै पालामा चिलिङ सेन्टरहरूमा जुनियर तहका कर्मचारीलाई प्रमुख दिएर पठाउने र वरिष्ठहरूलाई केन्द्रीय कार्यालयमा काम दिने भने पनि त्यसलाई बर्खीलाप गर्दै पा“चखालमा छैटौं तहका गणेश दाहाललाई प्रमुख बनाएर पठाएका छन् । ४ वा ५ तहको व्यक्तिलाई प्रमुख बनाउने पूर्व निर्णय भए पनि पहिले कांग्रेस भएर पछि एमालेमा आएकाले खुसी पार्न दाहाललाई पा“चखालको प्रमुख बनाइएको कर्मचारीको आरोप छ । चिलिङ सेन्टरहरू मुख्य कमाइ हुने स्थान मानिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पराजुलीले ऐन मिचेर तिमल्सिनालाई महाप्रबन्धक बनाएको भन्दै रामतपेश्वर चौधरीलाई नै कायम गराउन तीन÷तीनपटक पत्राचार गरे पनि सम्बन्धित निकायले टेरपुच्छर लगाएको छैन । यस सम्बन्धमा प्रतिक्रियाका लागि महाप्रबन्धक तिमल्सिनालाई फोन गर्दा उनले फोन उठाएनन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply