प्रचण्डको किताब गिरिराजलाई
काठमाडौं । त्यस दिन विश्वप्रसिद्ध माक्र्सवादी पुस्तक ‘ड्युरिङ मत खण्डन’ र निनु चापागार्इंको सौन्दर्यशास्त्रसम्बन्धी पुस्तक ‘यथार्थवादी रचनादृष्टि र विवेचना’ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने योजना थियो । तर, अध्यक्ष प्रचण्ड आफ्नी सासुको निधन भएका कारण चितवन जानुपर्ने भएकाले उपस्थित हुन सकेनन् । र, प्रचण्डले नै पठाएका एमाओवादी नेता गिरिराजमणि पोखरेलले ती दुई पुस्तक र एउटा झोला हात पारे ।
कम्युनिस्ट पार्टीका नेताहरूमा अध्ययन–संस्कृति हराउ“दै गएको र निम्न पु“जीवादी चिन्तन मौलाउ“दै गएकोमा चिन्तित रहेका एमाओवादीका सांस्कृतिककर्मीहरूले नेताहरूलाई अध्ययनमा जोड दिन अभियान चलाउने अभिप्रायले यस्तो अभियान थालनी गरेका थिए । अभियानको नाम ‘झोलामा किताब अभियान’ राखिएको थियो । चार दिनअघि एमाओवादीका मुख्यालय पेरिसडा“डामा एमाओवादीका सांस्कृतिककर्मी तथा अभियानका संयोजक मातृका पोखरेललगायतले नेता पोखरेललाई झोलासहित ती दुई पुस्तक दिएका थिए । ‘नेताहरूले पढ्न छाडे । यो खतराको संकेत हो । नेताहरूमा अध्ययन संस्कृति स्थापित होस् भनेर हामीले यो अभियान सुरु गरेका हौं । र, यसलाई देशव्यापी बनाउने अभियानमा छौं’– पोखरेलले भने । अहिले कुनै पनि कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूले पढ्न छाडेको पनि उनले बताए– ‘अहिले सबै पार्टीमा समस्या देखिएको छ ।’
कम्युनिस्ट पार्टीका नेताहरूले अहिले नया“ पुस्तकहरू कत्तिको पढिरहेका छन् त ? केही महिना पहिले प्रगतिशील लेखक संघले कम्युनिस्ट पार्टीका मुख्य नेतालाई भेटेर त्यससम्बन्धी अन्तक्र्रियासमेत गरेको थियो । उनीहरूले पछिल्लो पटक नेकपा (मसाल)का नेता मोहनविक्रम सिंहलाई भेटेर सोधेका थिए– ‘तपाईंले अहिले निस्किरहेका साहित्य, संस्कृतिका कुन नया“ पुस्तक पढ्नुभयो ?’ तर, पुराना र शास्त्रीय पुस्तकका घाघडान अध्येता सिंहले अहिले नया“ पुस्तक नपढेको बताए । नेताहरूसितै अध्ययनका बारेमा बुझ्न लेखकहरूले एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’लाई समेत भेटेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply