घरभित्र झगडा, बाहिर एकता !
आफ्नो घरभित्र तीव्र रुपमा झगडा चर्किरहेको बेला कुन चाहिँ व्यक्तिले अरुलाई पनि मिलाएर जाने कुरा गर्न सक्छ ? यस्तो खुबी अरु कोसित हुन सक्ला र ? सिर्फ, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक यस्तो खुबी नेपाली राजनीतिमा अरुसित होलान् भनेर सोच्नसमेत सकिँदैन ।
अहिले एमाओवादीभित्रको अन्तर्विरोध चरमचुलीमा छ । त्यसले कतिबेला विस्फोटको रुप लेला ? केही भन्न सकिने स्थिति छैन । हुन त, पहिला पनि माओवादीभित्र अन्तर्विरोध नचर्किएको होइन । एक हिसाबले हेर्दा, एमाओवादी अन्तर्विरोधमा नै फुल्ने, फल्ने र फक्रने पार्टी हो भन्दा केही फरक पर्दैन ।
तर, अहिले अन्तर्विरोधले यति विशाल रुप लिएको छ कि, अध्यक्ष प्रचण्डले जिल्ला–जिल्लामा समानान्तर कमिटी गठन गर्दै हिँडेका डा.बाबुराम भट्टराईलगायत उनी पक्षधर नेताहरुलाई धमाधम कारबाही चलाइरहेका छन् । आफ्नो घरभित्रको झगडा निभाउन हम्मेहम्मे परेर कारबाहीको सजिलो बाटो रोजेका छन्, प्रचण्डले । र, डा.भट्टराई पक्षधर नेताहरुमध्ये कसैलाई निलम्बन, कसैलाई कारबाहीको नाटक मञ्चन गरिएको छ अहिले ।
आफूभित्रको झगडा मिलाउन नसक्ने प्रचण्डले हिजो आफैबाट फुटेर गएका मोहन वैद्य, मातृका यादव, मणि थापाजस्ता नेताहरुलाई मिलाएर लैजान पनि चाहिरहेका छन् । र, केही मधेसवादी नेताहरुसित पनि कार्यगत एकता गर्न खोजिरहेका छन् । हुँदाहुँदा फुटेर गएका माओवादीका अध्यक्षलाई पार्टी एकता हुँदा आफूले स्वीकारेर जानसक्ने पनि बताइरहेका छन् । आफूले माओवादी विचारधारा अँगाल्ने राजनीतिक समूहलाई मिलाएर जाने स्वाङ पनि प्रचण्डले रचिरहेका छन् ।
तर आफ्नो घरभित्रका समस्यालाई मिलाउन नसक्नेले कसरी हिजो तीव्र अन्तर्विरोध उत्पन्न भई फुटेर गएका शक्ति र समूहलाई समेट्न सक्ला ? निश्चित रुपमा आशंकाकै घेराभित्र परेको छ अहिले, कमरेड प्रचण्डको अभियान ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply