कि त केटी, कि त भेटी
धादिङका एक युवा प्रहरीको ‘इन्काउन्टर’मा मारिए । चरी उपनामले चिनिने दिनेश अधिकारी नामक ती युवालाई प्रहरीलाई खोजिरहेको थियो । राजनीतिको आडभरोसामा गुन्डागर्दी गर्दै अकुत सम्पत्ति आर्जन गर्ने सीमित ‘डन’हरूको सूचीमा उनी पनि अग्रपंक्तिमा नै थिए । तर, उनको मृत्युवरणपछि भने अहिले संसद् पनि तातेको छ र सञ्चारमाध्यमहरूमा पनि उनका प्रेमिका र समर्थकहरूले गैरन्यायिक हत्याको तीव्र विरोध जनाइरहेका छन् ।
भनिन्छ, संसारमा कुनै पनि अप्रिय घटना कि त केटीका कारण हुन्छन्, कि त पैसाको कारण । चरीको मृत्युपछि भने उनकी प्रेमिका भनिने कुनै बेला मिस टिन प्रतियोगिता जितेकी मोडल खुश्बु ओली सबभन्दा बढी आक्रोशित मुद्रामा देखिएकी छन् । हुन त, आफ्ना प्रेमी मारिँदा कुनै पनि प्रेमिकामा आक्रोश, क्षोभ र घृणा उत्पन्न हुनुलाई स्वाभाविक मान्न सकिन्छ । तर, अहिले ओलीले जुन ढंगले आफूलाई पेस गरिरहेकी छन्, त्यो अस्वाभाविक मात्र छैन । उनी किन यति उग्र रूपमा सञ्चारमाध्यमहरूमा व्यक्त भइरहेकी छन् भन्ने कुरा रहस्यकै गर्भभित्र रहेको छ ।
मोडल ओलीको रवाफिलो जीवनशैलीप्रति पनि अहिले धेरै कोणबाट कुरा उठिरहेको छ । उनी जुन रवाफका साथ बाँचिरहेकी छन्, त्यसको स्रोत के हो भन्ने कुरामा पनि सबैको ध्यान तानिइरहेको छ ? कतै, डनगिरीको आधारमा अकुत सम्पत्ति बटुल्ने आफ्ना प्रेमी चरीकै सहयोगमा उनले ठूला बंगलामा बस्ने सौभाग्य त पाएकी होइनन् ? यस्तो प्रश्न उठ्ने क्रम पनि चलेको छ । खैर, जेहोस् । तर, डनहरूको संसारमा बेग्लै पहिचान बनाउँदै गइरहेका चरीको मृत्युपछि उनको मृत्यु अरू कुनै कारणबाट नभई खुश्बुलाई मन पराउने एक प्रहरी अधिकृत र उनका पूर्वप्रेमीको योजनाबमोजिम भएको कुरा स्वयम् खुश्बुले बताउँदै आएकी छन् । यसबाट के बुझिन्छ भने, कुनै पनि आपराधिक घटनामा कि त केटी, कि त भेटी नै प्रमुख कारण हुन्छन् भन्ने मान्यता अझ दह्रो रूपमा स्थापित भएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply