वैठक छाडेर काठमाडौं उडिन् कोशीकी उपसभामुख, संकटमा सरकार
४ भदाै,मोरङ । विश्वासको मत लिनुअघि आज (सोमबार) बिहान बस्नुपर्ने कोशी प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक नै अनिश्चित भएको छ । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन आज का लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ उडेकी छन् । उपसभामुख सिर्जना दनुवार आजै संघीय राजधानी काठमाडौं लागेपछि बैठक बस्ने÷नबस्ने अनिश्चित भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् । तर, उपसभामुख दनुवार आफ्नो निजी सुरक्षाकर्मीसहित काठमाडौं उडेको विराटनगर विमानस्थल स्रोतले दिएको जानकारी दियो । उनी बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेकी हुन् ।
उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । प्रदेशसभाको बैठक १ बजे डाकिएको छ । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भुपेन्द्र राईले कार्यव्यवस्था बैठक बस्ने भनिएकाले आफू प्रदेससभा सचिवालयतर्फ जान लागेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply