यसपटक सभामखुलाई के भयो ?
यसपटक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अलि फरक देखिनुभएको छ । प्राय: बैठकमा ‘मान्य सदस्य फलाना….’ भन्दै नाम भट्याउने नेम्वाङले यसपटक चाहिँ केही गर्नुहोला जस्तो देखिएको छ । दलहरूलाई जतिसुकै अनुरोध गर्दा पनि नमानेपछि उहाँले संसदीय समितिका सभापतिहरूको निर्वाचनका लागि दिनै तोकिदिनुभयो र निर्वाचन भयो । अनि अहिले कार्यतालिका परिवर्तन गर्नका लागि कुरा चल्दै गर्दा ‘त्यो चाहिँ हुँदैन है, यसपटक म मान्दिनँ’ भनिरहनुभएको छ । उहाँलाई विगत आठ वर्षदेखि सभामुखका रूपमा देखिरहेका र भोगिरहेकाहरूले भन्न थालेका छन्– ‘होइन, यसपटक पानी पर्छ कि क्या हो ?’
शालिन, सभ्य र शिष्ट सुवास नेम्वाङ कसैलाई चिढ्याउन चाहनुहुन्न । भलै त्यही कारणले आफ्नो पहिचान नै खतरामा नपरोस् । त्यही भएर संसद्मा अर्थमन्त्रीको बजेट वक्तव्य राखेको ब्रिफकेस लुटिँदा र फोडिँदा पनि उहाँले कसैलाई केही गर्नुभएन । तर, साना दलका सभासद्ले अति गरे भने चाहिँ उहाँलाई रिस नउठ्ने होइन । सञ्जय शाहले माइक भाँचेपछि ९४ हजार रुपियाँ के तिराउन खोज्नुभएको थियो, सर्वोच्च अदालतले माइक भाँचेको ठीक छ, भाँच्न पाउनुपर्छ भन्दै उहाँको आदेश खारेज गरिदियो । अस्ति एक दिन कमल थापालाई पनि उहाँले तह लगाइदिनुभयो । पहिला बाझाबाझ गर्ने कमल थाहाले एकैछिनमा नतमस्तक भएर माफी माग्ने बनाइदिनुभयो । यसबाट के देखिन्छ भने उहाँमा रिसै नभएको चाहिँ होइन । भलै कमल थापालाई झैं पुष्पकमल दाहालले बोल्दा रोक्न नसक्नु बेग्लै कुरा हो ।
कार्यतालिका फेरि बदलियो भने माघ ८ मा संविधान बन्दैन । सभामुखले यस्तो कुरा पक्कै पनि बुझ्नुभएको छ । सुरुदेखि नै समय सार्दै गयो भने कसरी दुर्घटनामा परिन्छ भन्ने उहाँलाई थाहा छ । यही कारणले गर्दा यसपटक समय सारिँदैन, सकिन्छ निर्धारित समयमा सहमति कायम गर्नुहोस्, सकिँदैन प्रक्रियामा ल्याउनूस् भनेर उहाँले समितिका सभापतिहरूलाई निर्देशन दिनुभएको छ । हेरौं, त्यो निर्देशन पालना गराउन उहाँ कत्तिको सफल हुनुहुन्छ †
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply