झलनाथ पुत्रलाई नियुक्ति, वामदेवपुत्रलाई सपथ
काठमाडौं । जिल्ला कमिटीसम्ममा पनि आउन नसकेका आफना पीए दीपक अमात्यलाई मन्त्री बनाएर चर्को आलोचना बेहोरिरहेका एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले आफ्ना छोरालाई आजदेखि राजनीतिमा लगाएका छन् । अहिलेसम्म युवा संघको सदस्यता नै नलिएका छोरा निर्भिक खनाललाई संघको केन्द्रीय सदस्य बनाउन लगाएका छन् ।
युवा संघको सोमबार सकिएको बैठकमा अन्य पााच जना कार्यकर्तासागै निर्भिकलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो । एकताका महेश बस्नेतलाई ठाडै गुन्डा भन्ने खनालले आफ्ना छोरालाई मनोनीत गरिदिन बस्नेतका साथै कार्यबाहक अध्यक्ष बनाइएकी निरु पाल र महासचिव राजीव पहारीलाई अनुरोध गरेका थिए । बैठकमा बस्नेतले ‘जेएन कमरेडले नै भन्नुभयो, नगरी नहुने भयो’ भनेका थिए । ‘अमेरिका पढेर आएको हो, उसको राजनीति गर्ने रहर छ, मनोनयन गरिदिनु पर्यो’– खनालको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो ।
यसैबीच, अघिल्लो बैठकमा यसैगरी जबर्जस्ती केन्द्रीय सदस्य बनाएका गृहमन्त्री वामदेव गौतम पुत्र हरिशलाई सोमबार शपथ गराइएको छ । अहिलेसम्म कुनै कमिटीमा नबसेका र वामदेवका पीए विजयविराज विष्टसाग मिलेर उठ्तीपूर्तिमा रमाइरहेका हरिश चारित्रिक रुपमा पनि खराव मानिन्छन् । रकम भन्नासाथ इन्स्पेक्टरसागबाट समेत उठाउन पछि नपर्ने उनले सपथ लिादा लजाएर टाउको तल झुकाइरहादा अरु सहभागी हाासेका थिए ।
युवा संघले वासु नेपाल, सञ्जीव झा, नेत्र भण्डारी, खडक शाही र। हर्क राईलाई पनि केन्द्रीय कमिटीमा थपेको छ ।
3 responses to “झलनाथ पुत्रलाई नियुक्ति, वामदेवपुत्रलाई सपथ”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
पार्टी चलाउन अब गाह्रो छ। सम्पूर्ण स्वच्छताको आदर्श नअंगालेकाले नेतृत्वमा बस्नपनि कठिन छ। आजको सुरक्षा र मानवअधिकार सम्बन्धी चर्चामा श्रीलंकाका ब्रिगेडियरले प्रश्न गरे, “के अहिलेको सामाजिक सञ्जालले अपहरण गरेको सञ्चार युगमापनि गुपचूप सम्भव छ? “. किरण वेदीले भनिन, “जनताको नाडी छाम्नपनि तपाईलाई मनपरोस नपरोस सामाजिक सञ्जाल र अनलाईनमा नियमित रुपमा डुबुल्की नलगाई बस्न सकिन्न। ”
सत्य -असत्य, स्कूप -समाचार बीचको सीमाना ठेलिँदैछ। स्वतन्त्रताले आपसलाई बिवेकशील बनाउँदै लगेको छ। आउँदा चूनाव ईन्टरनेट -ड्रोनले लडनेछ भन्दैथिए, एकजना प्रोफेसर। सूचनाले ईन्द्रधनुषी रंग ग्रहण गरिसक्यो। ” डराउनुस, सातो जानेगरी डराउनुस, त्यसले तपाईलाई घिच्याएर वा ठेलेर चलायमान बनाउने छ। होईन भने भन्ठान्नुस तपाई आफ्नै चिहानमाथि बस्नु भएको छ “, एकजना पत्रकारले “ठालू ” सेना /प्रहरीका हाकिमहरुलाई चेतावनी दिँदा हलमा सन्नाटा छायो। के हुनलाग्यो? अचेल मलाई आफ्नो गिदी अल्प भएजस्तो लाग्न थालेको छ। एउटा कार्यक्रमको एउटा विषयमा सकेको तयारी गरेर आइन्छ। तर कार्यक्रमका अनेक परिगुण सम्पन्नहरुले अनेक विषयमा यति रोचक सूचना पस्कन्छन कि मन त्यतै कतै अभिभूत हुन्छ।
यस्तोमा हाम्रा नेता कता कसलाई ईन्टर्नशीपमा पठाउन थालेकाछन भनेर बुधबारले लेखि त हाल्यो। गुटको अब भविष्य छैन। एकल आवाज निरंकूश शासनमामात्र हुनेगर्छ। अब बहुकोणसंग साक्षात्कार गर्ने, शास्त्रार्थ गर्ने र सरल ढंगले सत्य स्थापित गर्ने हुति र गति नभएकाले घरभित्रको नेतृत्वमा त जम्न कठिन हुँदैछ भने पार्टी जस्तो फराकिलो र अनेक तत्वको समिश्रणमा झन असम्भवै होला।
वाचाल, तार्कीक, स्पष्ट र सरल बन्न सक्नुस अन्यथा नेतृत्वको लोभ लालच मात्र ठहरिने छ। निपट लालचको भविष्य छैन।
यो लेखन नमूना हो। यस्ता अनेकन नमूना भविष्यमा फँडा उठाएर आउनेछन। त्यस्ताबाट सबैले सक्नुहोस। देखे भने न चिन्हिन्छ, सुन्यो भने न बुझिन्छ? यतिबेला म निरञ्जन हुने प्रयासमा छुँ । आज, बैंकक आइपुगेर घोषणा गरेँ, ” मलाई नेपालको सन्दर्भमा संघीयताको उपादेयता प्रति विश्वास छैन “।
जुनबेला देशमा अन्याय अत्याचार र निरंकुसता विरुद्ध लडनु पर्ने थियो, पुलिसका लाठी र बुट सहनु पर्ने थियो त्योबेला गरिबका छोरालाइ वुर्जुवा शिक्षाको अर्थ छैन भनि गरिबका छोरालाइ सडकमा उतारियो आफ्ना सन्तानलाइ त्यहि बुर्जुवा शिक्षा लिन विदेस पठाइयो । अब अवसरको खोजिमा रहेका हरुलाइ पदिय हैसियतको बलमा उपल्लो कमिटीमा पदासिन गराएर सामान्ति संस्कारको नमुना प्रदर्शन गरिएको देखियो ।
ye chor haruko pachi lagi hidnu ko kunai earth xen