काग बाठो भएपछि …
एउटा उखान छ– ‘सुझ न बुझ, घरतिर कुद ।’ कुनै कुरै नबुझी घरतिर कुद्ने हुस्सुहरूका निम्ति यो उखान लागू हुन्छ । जनकपुरतिर थातथलो भएका भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले पनि कुरै नबुझी घरतिर कुद्ने व्यक्तिको जस्तै स्वभाव प्रदर्शन गरेका छन् । र, उनी रातारात एक नम्बरको हुस्सुमा दरिन पुगेका छन् ।
सार्क सम्मेलनको मेसोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै बेलाको राजा जनकको राज्य, सीताको माइती–देश जनकपुरमा घुम्ने इच्छा जाहेर गरे । राम–जानकी मन्दिरको दर्शन गर्ने चाहना कुनै पनि हिन्दू धर्म मान्ने मानिसलाई हुनु अन्यथा होइन पनि । र, सुरुका दिनमा मोदीले जनकपुर भ्रमण गर्ने तय भएपछि त्यसको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा सरकारले मन्त्री निधिलाई दिए । निधि जनकपुरकै स्थायी बासिन्दाका साथै त्यही क्षेत्रबाट निर्वाचन जितेर आएका व्यक्ति भएको हुँदा उनले मोदीलाई जनकपुरमा स्वागत गर्ने औसर पाउनु स्वाभाविक पक्ष पनि थियो । तथापि, मोदीको भ्रमण एकाएक रोकिन पुग्यो ।
तर, निधि कस्ता परे भने मोदीको जनकपुर यात्रा रद्द नभएको बेला उनले रद्द भएको घोषणा लाजै नमानी गरिदिए । यदि, मोदीको भ्रमण रद्द हुन्थ्यो भने त्यसको आधिकारिक जानकारी दिने निकाय परराष्ट्र मन्त्रालय थियो । तर, परराष्ट्र–सरराष्ट्रको बाल मतलब नराखी, आफैंले एकाएक घोषणा गरिदिए । निधिको घोषणाले खैलाबैलाको स्थिति ल्याइदियो । आखिर, मोदीको जनकपुर भ्रमण स्थगित भएको होइन रहेछ र सम्बन्धित थलोबाट भ्रमण जारी रहेको सूचना दिनुपर्यो । यिनै विवादहरूबीच जेलिएर अन्तत: मोदीले जनकपुरको भ्रमण नगर्ने भए ।
निधिले किन हल्लालाई पछ्याएर मोदी–भ्रमण स्थगितको कुरा बाहिर ल्याए ? कुरै नबुझी घरतिर दौडिने पात्रको रूपमा चिन्हित निधिले नै यी कुरा जानुन् । तर, एउटा अर्को उखान पनि छ– ‘काग बाठो भयो भने …..खान्छ ।’ के जनकपुरे काग बाठो भएकै हो त ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply