आफैंलाई भार भयो…
कुनै समय, पुराना वामपन्थी नेता पद्मरत्न तुलाधरको राजनीतिक जीवन निकै नै लोभलाग्दो थियो । अझ, पञ्चायतका अन्तिम दिनहरूतिर फर्केर हेर्ने हो भने त उनले राष्ट्रिय पञ्चायतभित्र खेलेको भूमिकालाई सलाम नै गर्नुपर्ने हुन्छ । राष्ट्रिय पञ्चायतभित्र ‘बहुदल’ को माग गर्ने क्रममा उनी धुरुधुरु रुँदा त्यसले देशभित्र मात्र होइन, देशबाहिर समेत निकै तहल्का मच्चाएको थियो ।
पञ्चायतकालीन कुरा छाडौं । ती अतीतका दिनहरूमा समेटिइसके । बहुदलीय व्यवस्था स्थापना भएपछि पनि वामपन्थी नेता तुलाधर राजनीतिक दृश्य/परिदृश्यमा छाई नै रहेका थिए । काठमाडौंबाट चुनावमा उठे, जिते र मन्त्रीसमेत भए । काठमाडौंका जनतासामु उनी लोकप्रिय नै रहे । सबै वामपन्थी शक्तिहरूका प्रिय रहे, उनी ।
समयान्तरमा राजनीतिक मैदानबाट उछिट्टिएका उनी घाघडान मानवअधिकारवादीका रूपमा सक्रिय रहे । कुनै बेला, नेपालमा मानवअधिकारको बाली राम्रै फलेको थियो । र, धेरैले त्यो बाली सफलतापूर्वक उठाए पनि । त्यही समय, तुलाधरले पनि आफूलाई राजनीतिज्ञका रूपमा भन्दा एउटा प्रखर मानवअधिकारवादीका रूपमा चिनाउन सफल भए ।
तर, कहिलेकाहीँ इतिहासले पनि कुनै व्यक्तिलाई मजाक–पात्रको रूपमा उभ्याउँदो रहेछ । र, कुनै बेला समृद्ध भूमिका र स्थान प्राप्त गरेका व्यक्तिहरूलाई तुच्छ भूमिकामा ओराल्न समयले नै जालझेल गर्दोरहेछ । बयोवृद्ध अवस्थातिर उन्मुख तुलाधरलाई अहिले समयले मात्र एउटा जातिवादी नेताको रूपमा उभ्याएको छ । इतिहासमा समृद्ध स्थान बनाएका तुलाधरले पनि इतिहास, हैसियत र उचाइँ भुलेर जातीय नेता बन्नेमा रुचि दर्साउनुअघि एक पटक मात्रै सोचेका भए कति जाति हुन्थ्यो होला । र, प्रसिद्ध गायक नारायणगोपालले गाएका गीतका हरफहरू ‘आफैंलाई भार भयो आज आफ्नै जिन्दगी…’को नियतिमा तुलाधर नफसेका भए कति राम्रो हुन्थ्यो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply