राष्ट्रसंघ प्रतिनिधिमण्डलद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्र संघको राजनीतिक मामिला हेर्ने एसिया–प्यासिफिक विभाग प्रमुख मारी यामासितासहितको टोलीले नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । आइतबार बेलुकी नयाँबानेश्वरस्थित होटल अर्यालमा भएको भेटवार्तामा उहाँहरूबीच नेपालमा जारी संविधान निर्माण प्रक्रिया, त्यसमा दलहरूको तर्फबाट प्रस्तुत भइरहेका विचारहरू तथा सहमतिका प्रयत्नहरूबारे छलफल भएको थियो ।
भेटमा पूर्वप्रधानमन्त्री नेपालले दलहरूबीच भइरहेका सहमति प्रयासहरू, संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा विभिन्न दलहरूले राखेका धारणाहरू तथा नेकपा (एमाले)का दृष्टिकोणहरू बारेमा जानकारी गराउनुभएको थियो । राष्ट्रसंघीय टोलीका प्रमुख यामासिताले नेपालका राजनीतिक दलहरूलाई समझदारी निर्माण गरी संविधान निर्माण गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभएको थियो । प्रतिनिधिमण्डल प्रमुख यामासिताले ‘बाँकी रहेको छोटो अवधिमा संविधान निर्माण गरी जारी गर्न सकिन्छ भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा नेता नेपालले आफूले विभिन्न चरणमा एमाओवादी अध्यक्ष प्रचण्डसँग गरेका विविध खाले बैठकले आपसी दूरी घटाउन र समझदारी निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको र अन्तिम समयसम्म पनि समझदारी कायम हुने कुरामा आफू आशावादी रहेको कुरा उल्लेख गर्नुभयो ।
राष्ट्रसंघीय टोलीमा टोली प्रमुख मारी यामासितासहित नेपालका लागि राष्ट्र संघका आवासीय प्रतिनिधि जामी मेगोल्ड्रिक तथा नेपालका लागि राष्ट्रसंघीय राजनीति
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply