सिरहा एमालेमा यादव
लहान । नेकपा (एमाले) सिरहाको नवौं जिल्ला अधिवेशनले प्रमोद यादवलाई अध्यक्षमा चयन गरेको छ । सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास विफल भएपछि वरिष्ठ नेता माधव नेपाल पक्षधर यादवले अध्यक्ष केपी ओली पक्षधर रामऔतार यादवलाई ३२ मतले हराएका हुन् ।
अध्यक्षका साथै उपाध्यक्ष, सचिव, उपसचिव, लेखा आयोग प्रमुखका साथै बहुमत सदस्यहरू पनि सोही पक्षका निर्वाचित भएका छन् । उपाध्यक्षमा उत्तरबहादुर मगर, सचिवमा योगेन्द्र सिंह, उपसचिवमा अशोककुमार यादव र जिल्ला लेखा आयोगका प्रमुखमा बाबुनाथ यादव छन् । लेखा आयोगका सदस्यहरूमा बोधलाल श्रेष्ठ र रामचन्द्र यादव निर्वाचित भएका छन् । सदस्यहरूमा सरियार चौधरी, सागरदेवी चौधरी, आशा यादब, निर्मला बास्तोला मञ्जु साह, सोनिया महतो, प्रमिलाकुमारी राई, निर्मलादेवी पासमान, जगदीश महतो, प्रदीप महासेठ, रामऔतार महतो, राकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद साह, रामदयाल यादव, गुञ्जेश्वर यादव, सुरेन्द्रप्रसाद यादव, बालेश्वर यादव, रामअवतार साह, भगलु महतो, रामचन्द्र यादव, कृष्णदेव राई, मानवीरप्रसाद यादव, अर्जुन महतो, हरिनारायण यादव, झरिलाल महरा, जितेन्द्रप्रकाश महतो, रबीन्द्र साह, धर्मनाथ महतो, निरज सापकोटा, जिवछ पासमान, रामस्वरूप सदा, शिवराम महरा, सोतिलाल सदा, रामप्रसाद लामा, रौदी चौधरी, मोहम्मद लुकमान अन्सारी, मोहित राइन, आशनारायण मण्डल, कमल यादव, कल्याणी ढुंगाना, चन्देश्वर मण्डल, विनय विष्ट, विष्णुलाल साह, राजेन्द्र महतो, रामऔतार यादव, रामचन्द्र सिंह, रामदयाल ठाकुर, सत्यनारायण यादव, कुशेश्वर साह, जोश्वर यादव, मण्टीकुमार मण्डल, आशा यादव, निर्मला पासमान, भुल्लीदेवी महतो, मसिनी विक, रेखाकुमारी यादव र गीता चौधरी विजयी भएका छन् । त्यसैगरी, निर्बिरोध निर्वाचित हुनेहरूमा पार्वती पाण्डे, गुलावदेवी चौधरी, आशा लामा, जगतारैनदेवी साह, पवित्रीदेवी राम, चुन्नु चौधरी, सयमा साहिद, पूर्णी विश्वकर्मा, बेचनीदेवी चौधरी, अमरितादेवी दास, अरुहुलियादेवी यादव, जिवछ साह छन् । कुल ५ सय ८३ मतदाता रहेकोमा ५ सय ६३ ले मतदान गरेका थिए ।
अधिवेशनको उद्घाटन उपमहासचिव घनश्याम भुसालले गर्नुभएको थियो । कार्यक्रममा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा सगरमाथा अञ्चल इन्चार्ज जगन्नाथ खतिवडा, सभासद् तथा केन्द्रीय सदस्य ममता गिरी, केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य रामरति राम, सभासद् रामचन्द्र यादव, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मनाथ यादवलगायतले बोल्नुभएको थियो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ सय २५ जनाले एमाले प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई उपमहासचिव भुसालले अबिर गगाएर स्वागत गर्नुभएको थियो ।
अधिवेशन असफल बनाउन एमाओवादीको नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दको क्रममा अधिवेशनका लागि जिल्लाको विभिन्न स्थानबाट आउने कार्यकर्ताहरूलाई बाटोमा बन्दकर्ताहरूले अवरोध गर्नुको साथै दुव्र्यवहारसमेत
गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply