न्युयोर्कको जिम्मा देउजालाई
न्युयोर्क । प्रवासी नेपाली मञ्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन भएका छन् । आइतबार न्युयोर्कमा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा अशोक कार्की, सहसचिवमा कृष्ण आचार्य, कोषाध्यक्षमा विनोद पोखरेल चयन भएका छन् भने सदस्यहरूमा सोमेन्द्र रिन्जत, अर्जुन सिंह, जयराम खड्का, दीपक भट्टराई, सुनिता शर्मा, अमृत श्रेष्ठ र श्याम लामा छन् ।
काभ्रे स्थायी घर भएका नवनिर्वाचित अध्यक्ष देउजा नेपालमा रहँदा अनेरास्ववियुको राजनीतिमा सक्रिय थिए । हाल न्युयोर्कमा सुरक्षा विषयमा अध्ययनरत उनले न्युयोर्कमा रहेका अन्य नेपाली संघसंस्थासँग मिलेर नेपाली समुदायको हित र नेपालको परिवर्तनका पक्षमा आवाज उठाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मञ्चका केन्द्रीय अध्यक्ष सञ्जय थापाले मञ्च सामाजिक संस्था भए पनि नेपालको परिवर्तन र नेपालीहरूको हितका लागि सदैव लागि रहने बताउँदै प्रवासी नेपाली मञ्च नेपालमा जातीय राज्य हुनुहुँदैन भन्ने कुरामा अडिग रहेको बताए भने विशेष अतिथिका रूपमा बोल्दै एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले एनआरएन अमेरिका सबै संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply