प्रचण्ड कमरेडको हास्य खुराक
हाँस्नेहरूका निम्ति अहिले विषयवस्तुको अभाव छैन । एकसे एक विषयहरू उत्पत्ति भएका छन् । यदि, तपार्इंले हाँस्न पाइरहनुभएको छैन भने एनेकपा (माओवादी)का सर्वमान्य अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला अभिव्यक्ति सुन्न सक्नुहुनेछ र पेट मिचिमिची हाँस्न सक्नुहुनेछ । प्रचण्ड महोदयका पछिल्ला अभिव्यक्तिहरू हम जायगाका जोक्सभन्दा कुनै पनि अर्थमा कम छैनन् । उनका कुरा सुन्दा यति मज्जाले हाँस्न सकिन्छ, जोकोहीको पेट नै सोहोरिएर बाहिर निस्कन्छ ।
‘अब हामी काठमाडौं नफर्किन पनि सक्छौं ।’ यो प्रचण्ड कमरेडले सुनाएको पछिल्लो ताजा जोक्स हो । यदि, अहिले राष्ट्रिय स्तरमा जोक्स प्रतियोगिता राख्ने हो भने यो ताजा जोक्सले पहिलो पुरस्कार पाउने सम्भावना प्रबल देखिन्छ । किनकि, यो जोक्सले हरेक नेपाली जनतालाई भरपूर रूपमा हाँस्ने मौका प्रदान गर्नेछ । हुन त, प्रचण्ड कमरेडले यसअघि पनि अनेक जोक्स नेपाली जनतालाई नसुनाएका होइनन् । तर, उनले सुनाएका कतिपय जोक्स नेपाली जनताले बिर्सिसके र कतिपय चाहिँ सम्झनामा होलान् । विगतमा उनले सुनाएका जोक्सहरूभन्दा अहिलेको जोक्स चाहिँ धेरै अर्थमा हास्यरस उत्पन्न गर्न सक्षम छन् भन्ने लाग्छ ।
प्रचण्ड कमरेडले सुनाएका नयाँ जोक्सले जोकोहीलाई हाँस्न बाध्य तुल्याए पनि यति छिट्टै काठमाडौंप्रति कमरेडको किन मोहभंग भएको होला ? उनले काठमाडौं नफर्किने उद्घोष किन गरेका होलान् ? मलाई लाग्छ, काठमाडौं नफर्किने कुरा उनले मजाकमा गरेका होलान् । किनकि, उनले काठमाडौं छाड्दा रोल्पा, रुकुमतिर लाजिम्पाट भन्ने ठाउँ सायदै होला र त्यहाँ डेढ लाख पर्ने पलङ पनि सायदै पाइएला । त्यस्तै, रोल्पातिर महँगा स्कच ह्विस्की पाइने कल्पना गर्न मुस्किल नै पर्ला । यी सबै हुँदाहुँदै कमरेडले किन काठमाडौं छाड्ने मनस्थिति बनाएका होलान् ? सुन्दा पनि उदेक लाग्छ । जेहोस्, प्रचण्ड कमरेडले जेजस्तो मनस्थिति बनाए पनि नेपाली जनतालाई बेलाबखत हास्य खुराक प्रदान गरिरहेकामा भने उनलाई सबैले धन्यवाद दिनैपर्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply