लार्केललाई बल्ल न्याय
हिजोका दिनसम्म एनेकपा (माओवादी)लाई कतिले क्रान्तिकारीहरूको पार्टी भन्थे । जोदाहाहरूको पार्टी भन्थे र सहिदको रगत र बलिदानको जगमा उभिएको पार्टी पनि भन्थे । एमाओवादीले भिरेका यस्ता विशेषणहरू फाल्तु लाग्दैनथे । सबैलाई थाहा छ, एमाओवादी दस वर्षसम्म बन्दुक उठाएर, युद्ध गरेर र अन्त्यमा सम्झौताको विन्दु टेक्दै यहाासम्म आइपुगेको पार्टी हो ।
अब एमाओवादी क्रान्तिकारीहरूको पार्टी भएन । सधैँभरि क्रान्तिकारीहरूकै पार्टी हुनुपर्छ भन्ने छ र भन्या ? समय र परिस्थिति बदलिँदै जाँदा पार्टीको भूमिका र चरित्र पनि बदलिनु स्वाभाविकै हो । मौसम बदलिन्छ । नदीको पानी फेरिन्छ । जाबो, पार्टीको चरित्र र भूमिका नबदलियोस् भन्ने चाहना राख्नुको के नै अर्थ छ र ? तसर्थ, एमाओवादी बदलिएको छ र यो अब क्रान्तिकारीहरूको होइन, लार्केल लामाहरूको पार्टीमा रूपान्तरित हुन पुगेको छ । बधाई छ, एमाओवादी पार्टीलाई यस नयाा रुपान्तरणका लागि ।
हुन त, लार्केललाई एमाओवादीले संविधानसभाको दोस्रो निर्वाचनकै बेला अबिरजात्रा गरेर भित्र्याएको हो । एउटा दुलहीलाई भन्दा पनि बढी स्वागत गरिएको थियो । त्यत्रो अबिरजात्रा गरेर भित्र्याएपछि पनि एमाओवादीले उनलाई त्यतिखेर घोर अन्याय गरेको थियो । पार्टीमा भित्र्याइसकेपछि उनलाई त्यतिखेरै सभासद् बनाइनुपथ्र्यो । लार्केलको मन्त्री बन्ने सम्भावना त थिएन । किनभने, एमाओवादीको सरकार बनाउने मौका नै आएन । यदि, एमाओवादीले सरकार बनाउने मौका पाएको भए उनी अर्थमन्त्री नै हुन्थे कि ? अर्थराज्यमन्त्री त उनलाई उहिल्यै एमालेले बनाइसकेकै थियो ।
तीन–तीन वटा देशका नागरिकता लिएका भनेर उनको आलोचना गरे पनि झलनाथ खनाल नेतृत्वको सरकारले अर्थराज्यमन्त्री बनाउँदा विवादमा आएर छोटो अवधिमै राजीनामा दिए पनि वा अरू–अरू विवादमा फसे पनि लार्केलको नेपाली राजनीतिमा कहिल्यै कद घटेन । यो अत्यन्तै सकारात्मक पाटो हो । कुनै पनि बेला कद नघटेका उनलाई पोहोर साल सभासद् नबनाउँदा उनीमाथि एमाओवादीले ठूलो अन्याय गरेको महसुस गरिएको थियो । तर, ढिलै भए पनि नेपाली क्रान्तिमा पुर्याएको योगदानको उच्च कदर गर्दै एमाओवादीले लार्केललाई सभासद् बनाएको छ । उनीमाथि बल्ल न्याय हुनपुगेको अहिले सर्वत्र महसुस गर्न थालिएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply