कुम्ल्याउन नपाएपछि रोइकराइ
काठमाडौं । नयाँ सिलिन्डर बेचेर कमाउन पल्केका नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायत अरू ग्यास व्यवसायी अहिले छट्पटाउन पुगेका छन् । नेपाल आयल निगमले नयाँ सिलिन्डर बेच्न उद्योगहरूमाथि प्रतिबन्ध लगाएपछि अहिले उनीहरुको रोइकराइ सुरु भएको छ ।
नेपाल आयल निगमले पर्याप्त मात्रामा ग्यास भित्र्याइरहे पनि कालोबजारीमा रमाउने व्यवसायीहरूले भने ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नयाँ सिलिन्डर बिकाउने प्रपञ्च रचेका थिए । केही महिनासम्म नयाँ सिलिन्डर बेचेर उनीहरूले राम्रै कमाइ पनि गरेका थिए । तर, व्यवसायीहरूले पुराना सिलिन्डर लुकाएर नयाँ बेच्न थालेपछि निगमले एक महिनासम्म नयाँ सिलिन्डर बेचबिखनमा रोक लगाएपछि अहिले घिमिरेलगायत कृत्रिम ग्यास अभाव गराएर नाफा कमाउन पल्केका व्यवसायीहरू निगमविरुद्ध नै धुवाँधार गाली गर्न थालेका छन् ।
यसैबीच, निगमले नयाँ सिलिन्डर बेच्न प्रतिबन्ध लगाएसँगै कुन उद्योगसँग कति सिलिन्डर रहेका छन् ? त्यसको खोजबिन पनि सुरु गरिसकेको छ । अहिलेसम्म निगमसँग कुन उद्योगसँग कति सिलिन्डर रहेका छन् भन्नेबारे कुनै रेकर्ड नभएको हुँदा व्यवसायीहरूले फाइदा उठाइरहेका थिए । तर, निगमले आधिकारित तथ्यांक लिएपछि भने कालोबजारी गर्ने ग्यास उद्योगहरूको मनोमानी रोकिने अनुमान गरिएको छ । कृत्रिम अभाव सिर्जना गराएर ग्यास व्यवसायीहरूले बजारमा ग्यासको हाहाकार मच्चाइरहेका बेला सरकारले भने पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई भित्र्याउने तयारी गरिरहेको छ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापा केही तेल माफियाहरूको प्रभावमा परेर पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गर्ने उद्देश्य रहेको विधेयक संसद्मा लैजाने सुरसार कसिरहेका छन् । निगमका कर्मचारीहरूको तीव्र विरोधका कारण केही समय रोकिएको उक्त विधेयक चाँडै नै संसद्मा पेस गरिन लागेको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए ।
तर, निगमका कर्मचारीहरू भने पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिन नहुने पक्षमा छन् । पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई भित्र्याउँदा अहिले ग्यासमा उत्पन्न कृत्रिम अभावजस्तै समस्या निम्तिन सक्ने कर्मचारीहरूको तर्क छ । त्यसले झनै दुर्भाग्य मात्र निम्त्याउन सक्ने बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अहिले निगम नाफामा जान थालेको छ र यस अवधिमा निगमले करिब ८० करोड नाफा आर्जन गरिसकेको छ । निगमले नाफा आर्जन गर्न थालेपछि तेल माफियाहरूले निजी क्षेत्रका लागि बाटो खुलाउन पहल गरेको बताइन्छ ।
यसैबीच, निगमका महाप्रबन्धक गोपालबहादुर खड्का, वितरण तथा प्रशासन विभाग प्रमुख मुकुन्द घिमिरे, इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइत र रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका प्रमुख जगन्नाथ घिमिरे हालै नयाँ दिल्ली पुगेर फर्किएका छन् । पाइपलाइनसम्बन्धी छलफल गर्न गएको उक्त टोलीले मथुराको ग्यास प्लान्टको पनि अध्ययन गरेको थियो । निगमको निकट समयमै जनकपुरमा ग्यास प्लान्ट राख्ने योजना रहेकाले भारतमै राम्रो ग्यास प्लान्ट रहेको मथुराको पनि भ्रमण गरेको टोलीका सदस्य घिमिरेले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply